२०८१, ६ जेष्ठ आईतवार

लटरम्म फलेको टमाटर बारीमै कुहियो बजार नपाउँदा समस्या

सुर्खेत, असार १८ । बराहताल गाउँपालिकाको वडा नं. ६ मा लटरम्म फलेको टमाटर बारीमै कुहिएको छ । सांसद यज्ञबहादुर विसीको छनौटमा कृषि विकास निर्देशनालयले अति विपन्न दलित लक्षित कार्यक्रम अन्र्तगत बराहतालको वडा नं. ६मा सञ्चालन ग¥यो ।

उक्त कार्यक्रमबाट१७३ वटा बाख्रा वितरण भइसकेका छन भने ६ वटा वितरण हुँदैछन् । दश घरमा तरकारी टनेल निर्माण गरियो । ती टनेल निर्माण गरि टमाटर खेति गरेका किसानहरु टमाटर बारीमै कुहाउन बाध्य भएका छन् । ‘‘हामीलाई तरकारी उत्पादन गर्न भन्दै टनेल निर्माण गरेर दिइयो । हामीले मेहनत गरेर टमाटर फलायौं ।’’ कृषक मिना विश्वकर्माले भनिन्, ‘‘तीन क्वीन्टल भन्दा बढी टमाटर बोटमै लटरम्म फलेको टमाटर बारीमै कुहियो सड्यो । एक क्वीन्टल टमाटर गाउँलेलाई बाँडे ।’’ यो समस्या उनको मात्रै होइन, अन्य किसानको पनि हो । उनीहरु सरकारले तरकारी उत्पादन गर भनेर सिकाउने तर उत्पादन भएको तरकारी कहाँ लैजाने भन्ने बारे केही गर्न नसकेको बताउँछन् । ‘‘हामी पर्याप्त तरकारी उत्पादन गर्छौं ।’’

अर्का किसान पूर्णा थापा भन्छिन्, ‘‘उत्पादन भएको तरकारी बारीमा नै सडने भए के को दुःख गर्नु ?’’ उनले स्थानीय होस या प्रदेश सरकारले उत्पादन भएको तरकारी खरिद गरिदिनुपर्ने माग गरिन् । ‘‘हामी बारीमै तरकारी खेर जाने हो भने किन उत्पादन गर्नु ?’’ उनले प्रश्न गर्दै भनिन्, ‘‘हाम्रो तरकारी राज्यले जिम्मा लेओस् । हामीले हाम्रो मेहनत पाएको खण्डमा थप उत्पादन बढाउन काम गर्छौं ।’’ बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभा शर्माले आगामी दिनमा तरकारी खरिद गर्ने व्यवस्था मिलाउने बताइन् । ‘‘तपाइहरु पर्याप्त मात्रामा तरकारी उत्पादन गर्नुस् । हामी सकेजति सहयोग गर्छौं ।’’ उनले भनिन् ।

सांसद यज्ञबहादुर विसीले विपन्न तथा दलित वर्गको उत्थान होस भनेर यो गाउँ छानिएको बताए । ‘‘अहिले कम्तिमा केही घरमा तरकारी फलेको छ । केही घरमा बाख्रा आएका छन् ।’’ उनले भने, ‘‘आगामी दिनमा तपाईहरु व्यवसायिक रुपमा काम गर्न लाग्नुस् । हामी सकेको सहयोग गर्न तयार छौँ । बारीमा लटरम्म टमाटर फल्दा पनि बजार नपाउनु दुःखद् हो । बजार व्यवस्थापनका लागि म प्रदेश सरकारसँग कुरा गर्छु ।’’

सम्बन्धित समाचार