सत्तारुढ दल नेकपा संसदीय दलद्धारा कर्णालीको बजेट पास गर्ने निर्णय, डल्लो बजेट फुटाउँदै सरकार
सुर्खेत, १८ असार ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७७ का लागि प्रदेश सभामा पस्तुत गर्ने बजेटलाई पारित गर्ने निर्णय गरेको छ । असार १० गते देखि अवरुद्ध प्रदेश सभा बैठक आगामी २० गते देखि सुचारु ह्ुने र सत्तारुढ दलले बजेट पारीत गर्ने निर्णय भएको नेकपा संसदीय दल कर्णाली प्रदेशले जानकारी दिएको छ । संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले प्रदेश सरकारले डल्लो बजेट फुटाउने, हरेक मन्त्रालयले मन्त्रालयगत किताब ल्याउने र विशेष निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि एक अर्ब २० करोड रुपैंया मुख्यमन्त्री कार्यालयबाट भौतिम पुर्वाधार विकास मन्त्रालयमा पठाउने निर्णय भएको बताए । यससँगै सत्तारुढ दलका सांसदहरुका गुनासा आज विहीबार बसेको बैठकले समाप्त पारेको हो ।
डल्लो बजेट ल्याएको, कार्यक्रम आफू केन्द्रित गरिएको, मनलाग्दी ढंगले बजेट प्रस्तुत गरिएको, बजेट बक्तब्यमा आएको बजेट रातो किताबमा नसमेटिएको भन्दै सत्तारुढ दल नेकपाका सांसदले बजेट पास नहुने चेतावनी दिएका थिए । उक्त चेतावनी पश्चात दलको असार १३ र १४ गते बसेको बैठक विना निष्कर्ष टुंगिएको थियो भने आज बसेको बैठकले उक्त निर्णय गरेको हो । यो सँगै प्रदेश सभामा ४० मध्ये ३३ सिट रहेको नेकपाका सांसदले बजेटको पक्षमा मतदान गर्ने पक्का भएको छ ।
