२०८१, ७ बैशाख शुक्रबार

बितेको २४ घण्टामा ७४० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १५ हजार नाघ्यो

नेपालमा आज (शुक्रवार) एकैपटक ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार २५० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण ३२ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ६ हजार १४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ८२३ रहेको छ ।

नेपालमा हिजो (बिहीवार) एकैपटक ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।