कार्यालय समयमै तास खेल्दै कर्मचारी
कालिकोट ।
कालिकोटको नरहरिनाथ गाउँपालिकाकाा कार्यालय समयमै कर्मचारीहरू तास खेलेको पाइएको छ । सोमबार कार्यालय समयमै गाउँपालिका र विभिन्न वडामा कार्यरत कर्मचारी जुवातासमा ब्यस्त भएको स्थानीय युवाले नयाँ नेपाललाई जानकारी दिए ।
‘गाउँपालिकाको वडा नं. १ का वडा सचीव हरिप्रसाद उपाध्याय लगायत गाउँपालिकाका कर्मचारीहरु, नेपाली कांग्रेस जिल्ला कमिटी का प्रबक्ता नगेन्द्र बिष्ट लगायत अन्य स्थानिय को समेत जमघटमा तास खेल चलिरहेको थियोे । नाम नखुलाउने सर्तमा नयाँ नेपालसंग उनले भने ।
यस विषयमा गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले कर्मचारीहरू अाफु घर आउँदा कार्यालयमै रहेको र तास खेलेकोबारे आफुलाई थाहा नभएको बताइन् । तर उनले कार्यालय समयबाहेक अरू समयमा खेलेको हुनसक्ने चाहिँ स्विकार गरिन् । ‘कर्मचारीहरू अफिसमै हुनुहुन्थ्यो । अफिस बन्द भएपछि मनोरञ्जनका लागि तास खेल्नुभएको होला । मलाई थाहा भएन ।


