२०८३, १७ असार बुधबार

नरहरीनाथमा सडक नखन्दै स्थानीयको बिरोध, विकासको नाममा बिनास नगर्न अनुरोध

गोकर्णप्रसाद उपाध्याय / कालिकोट  ।
कालिकोटको नरहरिनाथ गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माण नहुँदै विवदित बनेको छ । गाउँपालिकाले निर्माण गर्न केही दिनअघि गरेको सर्भे को स्थानीयले विरोध जनाएका छन् ।

गाउँपालिकाले साबिकका २ वटा गाबिसलाई समेट्ने गरी स्थानीयको खेतबाट सडक सर्भे गरेपछि असमर्थ जनाउदै गाउँपालिकामा करिब १ सय परिवार जग्गा धनिले आइतबार निवेदन दिए । उनिहरूले दिएको निवेदन गाउँपालिकाले दर्ता नगरेको स्थानीय दिर्घ बुढाले बताए । शनिवार निवेदन लिएर गाउँपालिका पुगेका उनिहरूले गाउँपालिकाले आफुहरूलाई हस्ताक्षर गराएर घर पठाएको तर निर्णय थाहा नदिएको स्थानीय अर्जुन बिकले बताए । ‘हामिले सडकको बिरोधमा निवेदन लिएर गाउँपालिकामा गयौं । उक्त निवेदन दर्ता पनि भएन । उहाँहरूले माइन्युटमा हस्ताक्षर गरेर घर जानुस् निर्णय हामी मिलाएर लेख्छौं भन्नुभयो ।’ उनले भने, ‘सडकको नाममा हामिले भात खाने खेत सक्नुभएन भन्ने हाम्रो धारणा हो । स्थानीयको जग्गामा क्षतिदनहुनेगरी सडक खन्न हामी राजि छौं ।’

गाउँपालिकाका उपाध्यक्ष मनसोभा बुढाले सबै इलाकामा सडक छोएर गाउँपालिकामा लैजान खोजिएको बताइन् । ‘हामिले सबै क्षेत्रमा सडकले छोओस भनेर उक्त मार्गबाट सडक लैजान सर्भे गरेका हौं । उक्त मार्गमा स्थानीयले आफ्नो जग्गाको क्षति हुन्छ भन्नुभएको छ ।’ उनले भनिन्, ‘हामिले अब मुल्यांकन समिति बनाउँछौ उक्त समितिले जुन मार्गबाट सडक लैजान सिफारिस गर्छ हामिले त्यतैबाट सडक लैजानछौं ।’