२०८१, २८ फाल्गुन बुधबार

सुर्खेतमा मृत्यू भएका युवामा कोरोना पुष्टि, कर्णालीमा कोरोनाबाट मृत्यू हुनेको संख्या दुइ पुग्यो

सुर्खेत, २३ जेठ ।

क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. एक हाँसेगाउँका २० वर्षीया युवामा कोरोना पुष्टि भएको छ । उनको बिहीबार बिहान करिब २ बजे मृत्यु भएको थियो ।

विहीबार दिउँसो गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए । उनले स्थानीय तहसँग मिलेर स्वास्थ्यकर्मीले मृतक युवाको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन सुरु गरिएको बताए । साथै शव व्यवस्थापनका लागि वीरेन्द्रनगरबाट नेपाली सेनाको टोली हिँडेको जानकारी दिए । जेठ पहिलो साता भारतको मुम्बईबाट आएका युवा दुई सातासम्म विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेर घर फर्केका थिए । बुधबार दिउँसो गरिएको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो । ती युवासँगै अन्य ६ जना पनि सँगै बसेका थिए । योसँगै कर्णालीमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । गत शनिबार दैलेखको दुल्लुमा क्वारेन्टाइनमा बसेका ३५ वर्षीय युवाको मृत्यु भएको थियो ।