२०८३, १७ असार बुधबार

रोकिएनन लकडाउनमा आउने मुद्धा, ठाडो उजुरी आउनेको संख्या सबैभन्दा बढि

सुर्खेत, २४ बैशाख ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लकडाउनको अवधिमा पनि आएका छन् । सबै उजुरी मध्ये विभिन्न समस्या लिई ठाडो उजुरी शाखामा १५ वटा निवेदन परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए । उनका अनुसार चैत ११ देखि बैशाख २२ गतेसम्म २९ वटा घटना दर्ता भएका छन् । ‘सार्वजनिक सुरक्षा विरुद्धको कसुरमा ७ मुदा परेकोमा सात पुरुष र एक महिला पक्राउ परेका छन् । तीन मुद्दा फुटकर ज्यान अन्र्तगत परेका छन भने झुण्डि आत्महत्या गर्नेको संख्या सात रहेको छ जसमा तीन पुरुष दुइ महिला, एक बालक र एक बालिका रहेका छन् ।’ उनले भने, ‘यो अवधिमा लागु औषध ब्राउनसुगरका तिन मुद्दा परेकोमा ६ पुरुष र दुइ महिला पक्राउ परेका छन् । तीन जना पुरुषले विष सेवन गरि आत्महत्या गरेका छन् ।तीन जना पुरुषलाई जर्बजस्ती करणी मुद्दामा पक्राउ गरेका छौं । दुरुत्साहन सम्वन्धि कसुरमा एक जना समातिएका छन् ।’ हातहतियार खरखजाना मुद्दामा एक र भवितब्य ज्यानको एक घटना घटेको उनको भनाई छ ।