२०८३, १७ असार बुधबार

एम्बुलेन्समा एकजना कुरुवा राखेर यात्रा गर्न पाईने, बढि व्यक्ति ओसारे कारवाही गरिने

सुर्खेत, २३ बैशाख ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले एम्बुलेन्समा विरामीको साथमा एक जना मात्रै कुरुवा राखेर यात्रा गर्न निर्देशन दिएको छ । प्रशासकीय अधिकृत पदमलाल लामीछानेद्धारा हस्ताक्षरित विज्ञप्तिमा एक जना कुरुवा भन्दा बढि यात्रु राखेको पाईएमा कानून अनुसार कारवाही गर्ने उल्लेख छ ।
‘यस जिल्लामा बाहिरी जिल्लाबाट मानिसहरुको आवतजावतका कारण संक्रमण फैलिन सक्ने जोखिम रोक्न जिल्ला प्रवेश गर्ने नाकाहरु बबई, कुईने र कालिमाटीमा थप कडाई गरि आवतजावतमा पूर्ण रोक लगाउने भन्ने जिल्ला सुरक्षासमितिको आजको बैठकले निर्णय गरेको एवम पिसीएमसि निर्णय बमोजिम कर्णालीमा प्रवेश गर्ने सबै नाकाहरु र पैदल मार्ग बन्द गरी लकडाउनलाई मजबुद बनाउने भन्ने निर्णय भएकाले २२ गतेदेखि लागु हुने गरि एक हप्ताका लागि पूर्ण रुपमा एक कुरुवा मात्रै राखेर एम्बुलेन्स चलाउन सरोकारवाला र सम्वन्धित निकायलाई अनुरोध गरिन्छ । अन्यथा अन्य यात्रुहरु राखेर एम्बुलेन्स सञ्चालन गरे नियमअनुसार कानून बमोजिम कारवाही गरिनेछ ।’