२०८३, १८ असार बिहीबार

उत्पादकत्व बढाउने गरि बजेट ल्याउन कर्णाली सरकारलाई सामाजिक विकास समितिको निर्देशन

सुर्खेत, २५ बैशाख ।
कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिको बैठकले सरकारलाई उत्पादकत्व बढाउने बजेट ल्याउन निर्देशन दिएको छ । बुधबार कर्णाली प्रदेशसभा अन्तरगत गठित सामाजिक विकास समितिको बैठक(विद्युतीय माध्यमबाट (भर्चुअल))बैठकले उक्त निर्णय गरेको समितिका सचिव राजेन्द्र् पौडेलले जानकारी दिए ।
‘बैठकमा कोभिड–१९ का विषयमा, कृषि उत्पादकत्व कसरी बृद्धि गरी कर्णाली प्रदेशलाई कृषिमा आत्मनिर्भर गराउँन सकिन्छ भन्ने विषय र आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तय गर्नु पर्ने विशेष कार्यक्रमका विषयमा छलफल भयो । आगामी बैठकमा समितिको क्षेत्राधिकार मित्र पर्ने दुवै मन्त्रालयका मन्त्रीलाई बैठकमा बोलाउने निर्णय हुनुका साथैप्रत्यायोजित विधायनका सम्वन्धमा र समितिमा विचाराधिन रहेको स्वास्थ्य सेवा विधेयकमाथि विषय विज्ञसँग परामर्श गरी विधेयकलाई समयअनुकूल बनाउने निर्णय भएको छ ।’ उनले भने, ‘उक्त बैठकमा कोरोना महामारीको कारणबाट मुलुक लकडाउनमा रहेको अवस्थामा महामारी नियन्त्रण तथा व्यवस्थापन कार्यमा संसदीय समितिको भूमिका अझ क्रियाशिल हुनु पर्ने विषयमा व्यापक छलफल भएको छ ।’
सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीको अध्यक्षतामा बसेको बैठकमा कृष्णा शाह, कौशिलावती खत्री, ठम्मरबहादुर विष्ट, पद्मा खड्का, यज्ञबहादुर वि.सी., रातो कामी र सुशीलकुमार थापाले सहभागिता जनाएका थिए ।
सामाजिक विकास समितिको अर्को बैठक सामाजिक विकास मन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसँग समन्वय गरी यथाशक्य छिटो बस्ने निर्णय भएको कुरा समितिका सचिव राजेन्द्र पौडैल जानकारी दिए ।