२०८१, २३ बैशाख आईतवार

मन्त्री भण्डारीको प्रष्टोक्ती: ‘स्वास्थ परिक्षणपछि मात्र अलपत्र नागरिकहरूलाई पठाइएको हो’

सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी कोरोनाविरूद्व कर्णाली सरकारका सबैभन्दा सक्रिय मन्त्रीको रूपमा देखिएका छन् । विपद्को जिम्मेवार विषयगत मन्त्रालय भएका कारण पनि यतिवेला मन्त्री भण्डारी अति नै सक्रिय र व्यस्त छन् ।
तर उनिविरूद्व हिजो आइतबार केही मिडियाले नियमविपरीत नागरिकलाई गृहजिल्ला पठाएको भन्ने समाचार प्रकाशित भएपछि उनले आज स्पष्टीकरण दिएका हुन् । आज आफ्नो सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘काेराेना(काेभिड- १९) विश्वव्यापी समस्याकाे रूपमा खडा भएकाे छ । याे महामारीको विरूद्ध सिंगाे मानवजाती जुधिरहेकाे छ । लकडाउन घाेषणा गर्दै त्यही प्रतिराेध संघर्षमा नेपाल र कर्णाली जुधिरहेकाे छ । लक डाउनकाे प्रभावकारी कार्यान्वयनमा कर्णाली प्रदेश सरकार डटिहेकाे छ ।’

‘लकडाउनकाे अाकस्मिक घाेषणाले छाककाे जाँताेमा पिसिएका मजदुर, किसान, अध्ययन र उपचारका शिलिशलामा घर छाडेका विद्यार्थी र विरामीहरू पकेट रित्तिएर बेखर्ची बने । उनीहरू विदेशबाट अाएका थिएनन् । स्वास्थ्य परिक्षण गरेर पठाइएकाे छ । अलपत्र बनेका उनीहरूकाे थप स्वास्थ्य परिक्षण गरेर अावश्यकता अनुसार क्वारेन्टाइन, हाेम क्वारेन्टाइन र अाइसाेलेसन वार्डमा राख्ने ब्यवस्था भएकाे छ ।’ उनले लेखेका छन्, ‘कर्णाली प्रदेश सरकारले अाफ्ना नागरिकहरूलाई उद्धार गरिरहेकाे छ । साेही अभिभारा सम्पादन गर्न हिजाे सुर्खेतमा अलपत्र परेका मजदुर, किसान, विरामी र विद्यार्थीलाई ३ गाडीमा पासकाे व्यवस्था गरेर जुम्ला कालिकाेट पठाइयाे । जुन संघिय र प्रदेश सरकारकाे निर्णय विपरित छैन् ।’

मन्त्री भण्डारीले दैलेख प्रजिअलाई काेड गर्दै जुम्लाका गाडी फर्काइएकाे सुचना पुन प्रकाशन गरिनु गलत भएको दावि गरेका छन् । अलपत्रमा परेका नागरिकहरू गन्तब्यमा पुगिसकेको उल्लेख गर्दै उनले अावश्यकता अनुसार उनिहरूलाई क्वारेन्टाइन, हाेम क्वारेन्टाइन र अाइसाेलेसन वार्डमा राखेर उपचार गरिने बताएका छन् ।

उनले भने, ‘विदेशीएका नागरिककाे पनि देश हाे सरकारमा उनिहरूकाे पनि हक छ । एकथरीले अहिले नाकामा अलपत्र परेकाहरु यता ल्याउनै नहुने तर्क गरिरहेका छन जुन नाजायज छ । सरकार देशभित्र र बाहिर बसेका सबै नेपालीको अविभावक हो । देशभित्र अझ अहिले त लकडाउनमा घरभित्र बसेर फेसबुकमा कोहोलो गरिरहेकाहरुको मात्रै सरकार होइन,देश होइन । बाध्यताले भारत वा तेस्रो मुलकमा मजदुरी गर्न गएकाहरुको पनि यो देश हो र सरकार अविभावक हो ।’

‘१ बर्षको दुधे बालक हातमा च्यापेर कालापहाडबाट १ हप्तासम्म हिडेर, भोकै भारतीय पुलिसको कुटाइ खादै देश भनेर सिमामा आईपुगेकाहरुलाई त्यही मर्न दिने की बरु सुरक्षीत स्थानसम्म पुर्याएर क्वारेण्टाइनमा राख्ने ? हामी आफुलाई मात्रै आफन्त र देशसंग बस्न मन लाग्ने होइन उहाहरुलाई पनि त्यस्तै लाग्ने हो एकपटक आफु त्यहि भएर पनि सोच्ने कि ?’ उनले भने, ‘वीरेन्द्रनगरमा बनेकालाइ मात्रै क्वारेण्टाइन नठानाैं । सम्बन्धित जिल्लाहरूमा पनि क्वारेण्टाइन बनेका छन् । र नागरिकका लागि सरकार त्यहाँ पनि छ ।’

सम्बन्धित समाचार