२०८१, ६ जेष्ठ आईतवार

चिनबाट ल्याइएका स्वाथ्य सामाग्री सुर्खेत आइपुगे : कोरोना परिक्षण मेसिन आउन एक हप्ता लाग्ने

कोरोना परीक्षण मेसिन आउन एक हप्ता लाग्ने, अन्य सामाग्री सुर्खेत आईपुग्यो१७ चैत्र । चीनबाट ल्याइएका सामाग्रीहरु सुर्खेतसम्म ल्याइएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत चीनबाट आएका सामग्रीहरु गाउन १० कार्टुन, एन ९५ मास्क ४८० थान, आइ.आर थर्ममिटर १० थान, पञ्जा २० हजार थान र सर्जिकल मास्क १० हजार थान सहित सुर्खेत आउनुभएको हो ।

 

कोरोना परीक्षण मेसिन सुर्खेत आउन अझै एक हप्ता लाग्ने राज्यमन्त्री रावतले जानकारी दिनुभयो । ‘चिनियाँ भाषाका कारण सबै व्यवस्थापन काठमाडौंमै गर्नुपर्ने देखियो’ राज्यमन्त्री रावतले भन्नुभयो, ‘आज साँझसम्म मेसिनको परिक्षण गरेर एम्बुलेन्समार्फत सुर्खेत पठाइने छ ।’ प्राविधिक रुपमा मेसिनको परीक्षण काठमाडौंमा गरेर कार्णाली पठाइने स्वास्थ्य राज्यमन्त्री नवराज रावतले जानकारी दिनुभयो ।

राज्यमन्त्री रावतले तीन तहका सरकारले यसलाई गम्भीर रुपमा लियर नागरिकको स्वास्थ्यका क्षेत्रमा लाग्नुपर्ने बताउनु भयो । नीजि अस्पतालहरुले राज्य संकटमा परेको समयमा सहयोग गर्नुपर्ने बताउदै यदी राज्यले चाहेमा हस्तक्षेप समेत गर्न सक्ने जानकारी दिनुभयो । कोरोना परिक्षण कर्णाली प्रदेश अस्पतालबाट नै हुने र बाहिर आएका हल्लाको पछि नलाग्न समेत राज्यमन्त्री रावतले अनुरोध गर्नुभयो ।

उक्त सामाग्रीहरु नेपाली सेनाको स्काइट्रकबाट अहिले सुर्खेत ल्याईएको हो । स्वास्थ्य राज्यमन्त्री रावतले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई उक्त सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

सम्बन्धित समाचार