कर्णाली सरकारको विपद् कोषमा सहयोग रकम जुट्दै
कोरोना भाईरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण कार्यका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा आर्थिक योगदान गर्ने सहयोगी हातहरु जुट्न शुरु भएको छ । प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरि आज सिद्धार्थ बैंकको तर्फबाट बैंकका प्रदेश कार्यालय प्रमुख रञ्जन कोईरालाले रू.१० लाखको चेक र नौमुले गाउँपालिका-३, द्वारी दैलेख निवासी पदमबहादुर बिश्वकर्माले व्यक्तिगत रुपमा रु.५१ हजार रुपैयाँको चेक माननीय मुख्यमन्त्रीज्यूलाई हस्तान्तरण गर्नुभएको छ । विश्वव्यापी रुपमा मानव जातिका विरुद्ध आईपरेको कोरोना संकट अन्त्य गर्न निजी क्षेत्रवाट भएको योगदान प्रति माननीय मुख्यमन्त्रीज्यूले धन्यवाद व्यक्त गर्नुभएको छ।
