२०८१, २६ चैत्र बुधबार

BREAKING: नेपालमा कोरोना संक्रमितको सङ्ख्या पाँच पुग्यो

नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बेल्जियमबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ ।

अहिलेसम्म संक्रमित भेटिएका पाँचै जना विदेशबाट नेपाल आएकाहरु हुन् ।