२०८१, १ कार्तिक बिहीबार

त्रिवेणी गाउपालिकाले मास्क उत्पादन थाल्यो

सल्यान, चैत ५ । जिल्लाको त्रिवेणी गाउँपालिकाले मास्क उत्पादन सुरु गरेको छ । कोरोना भाइरसको सन्त्रासका कारण मास्क अभाव हुन थालेपछि गाउँपालिकाले स्थानीय २० जनालाई सिलाईकटाई तालिम दिएर मास्क उत्पादन सुरु गरेको गाउँपालिकाले जनाएको छ ।

अहिले दैनिक तीन सय मास्क उत्पादन भइ रह ेक ा े गाउँपालिका उपाध्यक्ष करुण खड्काले बताइन् । यसअघि मास्क उत्पादन नगरे पनि अभाव हुन थालेपछि उत्पादन थालिएको खड्काले बताइन् । उनले भनिन्, ‘‘विगतका वर्षमा विभिन्न सीपमूलक तालिम दिइ रहेको समयमा यस वर्ष विश्वलाई नै त्रसित बनाई रहेको कोरोना भाइरसबाट बच्न मास्क उत्पादनसम्बन्धी तालिम दिएर उत्पादन गरिरहेका छौँ ।’’ उत्पादन भएक ा े मास्क प हिला े चर णमा गाउँपालिकाका सबै कर्मचारीलाई निःशुल्क वितरण गरिएको र अब गाउँपालिका भित्रका सम्पुर्ण नागरिकलाई वितरण गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभातकुमार श्रेष्ठले बताए ।