२०८१, १ कार्तिक बिहीबार

प्रमुख प्रशासकीय अधिकृत पौडेलसहित दुई जना विरुद्ध मुद्दा दायर

सुर्खेत । सेवाग्राहीबाट दुइ लार्ख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका भेरीगंगा नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल र सोही नगरपालिकाका प्राविधिक चित्रबहादुर केसीविरुद्व अख्तियारले विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दर्ता गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आया ेगक ा प्रवक्ता प्रदिपकुमा र कोइरालाका अनुसार भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस÷रिसवत लिएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर भएकोले बिगो दुई लाख कायम गरी भ्रष्टाचार निवारण प्रमुख प्रशासकीय अधिकृत पौडेलसहित दुई जना विरुद्ध मुद्दा दायर ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदावी लिई मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

भेरीगंगा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलको आदेश, योजना र निर्देशनमा खानेपानी तथा सरसफाइ टेक्निसियन चित्रबहादुर के.सी.ले उक्त नगरपालिकाको वडा नं. ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्नपश्चात् भुक्तानी दिलाई दिने भन्दै घुस मागेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकामा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई फागुन ८ गते २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । आयोगको सुर्खेत कार्यालयबाट गएको टोलीले आरोपी केसीलाई घुससहित पक्राउ गरेको थियो । क ेसीलाई वडा न म्बर १० मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरिएको थियो ।