२०८३, १७ असार बुधबार

त्यो ‘जार’ काटे, यो ‘जारकाटे’

सुर्खेत । ‘आज भन्दा एक सय वर्ष भन्दा अगाडीको कुरा हो । सुर्खेतको पूर्वी क्षेत्रमा रहेको एक गाउँमा कसैको हत्या गरिएको थियो, त्यो पनि श्रीमती लगेको भनेर । श्रीमती अर्काले लगेको भन्ने खबर पछ्याउँदै एक व्यक्ति गुर्भाकोट नगरपालिकाको वडा नं. ६ ‘जार’ काट्े भन्ने स्थानमा आए । उनले त्यहाँ श्रीमतीसहित उक्त केटालाई भेटाए । केटालाई ती श्रीमानले खुँडा प्रयोग गरेर, ठूलो ढुंगामाथि राखेर काटे, अर्थात हत्या गरे । उनी श्रीमती लिएर आफ्नो गाउँ फर्किए । पछि ‘जार’ काटेको भनेर शरिर सहित देखाउँदा यो गाउँको नाम जारकाटे रहेको हो ।’

पुर्खाले भनेको कुरा सुनाउँदै ६६ वर्षका स्थानीय अमृत लामीछानेले भने, ‘पुस्तौं पहिले भएका कारण हामीलाई कहाँको व्यक्तिले कसलाई ‘जार’ भनेर हत्या गरेको हो थाहा भएन तर यो गाउँको नाउँ नै जारकाटे रहनुको अर्थ श्रीमती भगाएर त्यो ‘जार’ काटे, यो ‘जारकाटे’ लैजाने अर्को व्यक्तिलाई नै हत्या गरेको कारण भएको हो भनेर मेरा हजुरबुवाले बताउनु भएको थियो ।’ जार काटे भनेको स्थानमा केहि वर्ष पहिलेसम्म ढुंगामा खुँडाको गहिरो छाप समेत देखिने गरेको उनको भनाई छ ।

‘मैले नै उक्त ढुंगामा खुँडाको दाग देखेको हो । लाम्चो खालको ठूलो ढुंगामा सुताएर टाउको नै छिनालेको भन्ने कुरा काटिएको ढुंगा हेर्दा प्रष्ट अनुमान लगाउन सकिन्थ्यो तर अहिले सडक आएका कारण उक्त ढुंगा छापिएको छ । उक्त ढुंगालाई बचाउने बारेमा कसैले पनि पहल नगर्दा दुःख लागेको छ ।’ उतिब ेला श्रीमती भगा एक ा े व्यक्तिलाई पहिलेको श्रीमानले काटेपनि कुनै कानून नलाग्ने गरेको उनको भनाई छ ।

‘अहिले कसैलाई दुव्र्यवहार पनि गर्न पाइदैन तर त्यतिबेला श्रीमती भगाएर लैजानेलाई काटेको खण्डमा कुनै कानून लाग्थेन, बरु उसलाई जार काटेको भनेर बहादुरको रुपमा प्रचार प्रसार गर्ने प्रचलन भएको मैले हजुरबुवाको मुखबाट सुनेको थिएँ ।’ उनी भन्छन्, ‘सायद त्यतिबेलाको कानून कै कारण होला, यस ठाउँको नाउ जार काटेको भन्ने रहेको छ ।’ मानिसको हत्या गरेको स्थानकै नाम भएको भएपनि उनीहरुलाई घर कहाँ हो भन्दा अप्ठ्यारो लाग्दैन ।

‘जार’ काटे भन्ने नामले नै यो बस्तीको पहिचान जोगाएको छ जस्तो लाग्छ । त्यहि भएर हामीलाई कुनै पछुतो वा ग्लानी महसुस हुँदैन । निर्धक्क गाउँको नाउँ जार काटे भन्ने गरेका छौं ।’ चारैतीर बाक्लो जंगल बीचमा सानो बस्ती रहेको उक्त गाउँमा २०२० पछि मात्रै मानिसहरु बसाई सर्ने क्रम सुरु भएको बताउँदै लामीछानेले भने, ‘अहिले जे होस विगतको तुलनामा आकाश पाताल फरक छ । वातावरण फरक भइसकेको छ ।’ उनका पूर्खा रुकुम पश्चिमको चौरजारीबाट २०२७ सालमा बसाई सरि आएका हुन । उतिबेला रुकुमबाट यता आउनेलाई देश गएको भन्ने चलन रहेको उनले बताए । उक्त गाउँमा एक सय भन्दा बढी घर छन् । ती सबै सुर्खेतकै सिम्ता गाउँपालिका, जाजरकोटका केहि गाउँ र रुकुमबाट बसाई सरि आएकाहरु मात्रै छन् ।

करिब ८० प्रतिशत व्यक्ति रुकुमबाटै बसाई सरि आएका हुन् । चारैतिर हरियाली, गाउँको सिरानमा पानीको मुहान भएको उक्त गाउँ पहिले भन्दा धेरै परिवर्तन भइसकेको अर्का स्थानीय शीवलाल शर्माले भने । जीवनका ५७ वर्ष यहि जारकाटेमा विताएको बताउँने शर्माले पहिले भन्दा अहिले धेरै विकास भएको बताउँछन् । ।।।पहिले यो गाउँमा बाघ दिउसै आँउथ्यो, बंदेलको विगविगी हुन्थ्यो, कालिज च्याखुराको कुरै नगरौं । मृगहरुक ा े बथान बा रमिा चर्न आउँथे ।’ उनी स्मरण गर्छन, ।।।तर अहिले जमाना फेरिएको छ । चारैतीर जंगल भएपनि त्यति जंगली जनावर देखिंदैनन बरु बस्तीमा जनसंख्या बढिरहेको छ । जंगल मासिदै गएको छ ।’ उनले विगतमा धेरै दुःख भोगेको सुनाए । ।।।नुन ल्याउन चिसापनी, कट्टासे पुग्थ्यौं । रुपइडिाया पनि पुगेका हौं । तर अहिले गाउँमै नुन पुगेको छ । उतिबेला नुन घरमा भयो भने उहि नै साहु हुन्थ्यो । बीसौं दिन लगाएर हाट गई नुनका मात्रै भारी लिएर हामी आउने गथ्र्यौं ।’ उनी भन्छन्, ‘तर अहिले जमाना फेरिएको छ । पैसा भएको खण्डमा सबै चीज आँगनमै पाईने गरेको छ । झोरो बाल्ने हामीले् सोलारबाट बत्ति बालिरहेका छौं । विजुली पुग्दैछ ।’ उतिबेला त्यहाँका बासिन्दाको खानकी भनेको रोटी र भात नै थियो । बाहिरबाट चामल खरिद गर्ने चलन नै थिएन । गाउँमा भोकमरी खासै हुँदैन थियो । एेंचो पैंचो गरेर भएपनि मकै वा गहुँका रोटी खाने, खेतीपाती नै गर्ने, बरु गाउँमा गाई भैंसी र बाख्रा पाल्ने चलन भएको तर अहिले भने क्रमशः हराउँदै गएको शर्माको भनाई छ ।
‘उतिबेला हामी सबै कृषि पेशामा नै आवद्ध थियौं । खेतीपाती लगाउने र खाली भएकोसमयमा गाइबस्तु हेर्न चलन थियो । २०४० ताका भारत जाने प्रचलन चलेको थियो । अहिलेसम्म पनि उक्त चलन रोकिएको छैन बरु जनयुद्ध सुरु भएपछि त्यसले थप बढावा पायो । अधिकांश युवा बाहिर नै जाने बानी नै परिसके ।’ यद्यपी अहिले जार काटेका युवा भने गाउँमा नै पर्याप्त आम्दानी हुने भएपछि भारत तथा अन्य देश जान कम भएको बताउँदै उनि भन्छन्, ।।।हामीले उहिले दुःख पाएका कुरा छोराछोरीलाई सुनाउँदा कसैले पनि विश्वास नै गर्दैनन्, पत्याउँदैनन् ।’ अहिले उक्त गाउँमा मुलाको वीउ उत्पादन गर्ने गरिन्छ । प्रति घर एक सिजनमा कम्तिमा पचास हजार भन्दा बढी नाफा कमाउँछन् । मकै धान त लगाउँछन नै तरकारी पनि लगाउने गरेका छन् । ‘पहिलेको तूलनामा अहिले अन्न उव्जाउ चार गुणा बढेको छ । कृषि पेशाले पनि आत्मनिर्भर बन्न सक्छौं भन्ने देखिएको छ ।’ अर्का स्थानीय चित्र वहादुर वलीले भने, ‘पहिलेको तुलनमा सुख छन् । रमाईलो छ । उतिबेला तीन चार वटा घर हुने, मर्दा पर्दा सहयोग गर्ने जनशक्ति कम हुने पिरबाट मुक्ति मिलेको छ । जंगल नजिकै भएका कारण हरेकको घरमा बाख्रा पालन छ । अन्य खेतीपातीबाट पनि मनग्य कमाइ भइरहेको छ । बजार पनि नजिक भएका कारण कृषि उपभोग्य बस्तु विक्री गर्न कुनै समस्या छैन । उक्त बस्ती जंगल मासेर नै बनेको हो । अधिकांशले लालपुर्जा पाइसकेका छन् । उनीहरु स्थानीय पवित्र सहकारी संस्थामा पनि आवद्ध भएका छन् । वीउ उत्पादन गर्दा उनीहरुको आय आर्जन त बढेको छ नै भारत जानुपर्ने बाध्यता पनि अन्त्य भएको छ । उनीहरु विगतको ।।।जार’ काटेको नाउँ बाटै चिनिन चाहन्छन् । उनीहरुलाई उक्त नाउँबारे कुनै गुनासो पनि छैन । बस उनीहरुले उत्पादन गरेका चीजबस्तुले मूल्य पाइरहुन भन्ने नै छ ।