२०८१, १ कार्तिक बिहीबार

प्रदेश सरकारको दुर्घटना वीमाबाट लाभ: डोल्पामा दुइको ज्यान गयो, परिवारले चार लाख पाउने

सुर्खेत।
कर्णाली प्रदेश सरकार र राष्ट्रिय वीमा कम्पनी लिमिटेड बीच चैत एक गतेदेखि लागु भएको दुघृटना वीमाबाट लाभ पाउने पहलो व्यक्तिको रुपमा डोल्पाका बमबहादुर बुढा हुने भएका छन् । डोल्पामा शनिबार विहान साढे तीन बजे परेको हिमपातले घर भत्किँदा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको थियो । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ को बमबहादुर बुढाको घर भत्किँदा उनका छोरीहरु १२ वर्षीया मञ्जु बुढा र २ वर्षीया लक्ष्मी बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवि शर्माले जानकारी दिईन ।
‘घरको माथिल्लो तला बनाउँदै गरेको रहेछ, तर तल्लो तलामा भने परिवारहरु बस्थे’ उनले भनिन् ‘सुतिरहेकै अवस्थामा भित्ता भत्किएको रहेछ, तत्काल उद्धार हुन नसक्दा घटनास्थलमै उनीहरुको मुत्यु भयो ।’
यता, प्रदेश सरकार र कम्पनी बीच सम्झौता लागु भएको तीन घण्टामै उक्त दुर्घटना घटेको छ । प्रदेश सरकारको आन्तरिक मामिला ततथा कानून मन्त्रालयबीच प्राकृतिक विपदमा परि ज्यान गुमाउने व्यक्तिको परिवारलाई दुइ लाख रुपैंया रकम दिने उल्लेख भएसँगै बुढाको परिवारले चारलाख रुपैंया पाउने भएका हुन ।
यता, वीमा कम्पनीका सुर्खेत शाखा प्रमुख तोर्णप्रसाद सुवेदीले चैत एक गते देखि सम्झौता लागु भएका कारण उनीहरुले उक्त रकम पाउने बताए । रकम दिनका लागिकेहि दिनमै प्रक्रिया सुरु हुने उनको भनाई छ ।
मृतकका परिवारले जिल्ला प्रशासन कार्यालय डोल्पाबाट संघीय सरकारले प्रदान गर्दै आइरहेको विपद व्यवस्थापन कोषबाट प्रति व्यक्ति एक लाख रुपैंया पनि पाउने भएका छन् ।