२०८१, १ कार्तिक बिहीबार

‘ग्यास अभाव हुँदैन, आवश्यकता भन्दा बढी होल्ड नगर्नूस् !’

सरकारले आवश्यकता भन्दा बढी ग्यास मौज्दात नराख्न उपभोक्ताहरूलाई अपिल गरेको छ । बजारमा आपूर्ति सहज गर्न यस महिना निगमबाट नियमित खपतका लागि अतिरिक्त ११ हजार मेट्रिक टन ग्यास आयातको प्रकियामा रहेकाले बजारमा ग्यासको अभाव नहुने सरकारको जिकिर छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै विगतमा झैं नियमित तबरले उपभोग्य वस्तुहरू उपभोग गर्न समेत अपिल गरेको छ ।
विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिरहेका बेला बजारमा सम्भावित अभावलाई मध्यनजर गर्दै उपभोक्ताहरूले उपभोग्य वस्तु होल्ड गर्न थालेका छन् । ग्यासलगायत कतिपय महत्त्वपूर्ण वस्तुको अभाव देखिन शुरू भइसकेको छ ।