२०८३, १७ असार बुधबार

वीरेन्द्रनगरमा लिडरसिप वर्कसप हुँदै

सुर्खेत । सुर्खेतमा लिडरसिप तालिम संचालन हुने भएको छ । नोभा हेल्पिङ फाउन्डेसनकाे आयोजनामा ” लिडरसिप वर्कसप” सुर्खेतकाे वीरेन्द्रनगरमा यही माघ २६ र २७ गते सञ्चालन हुने भएको हो ।

फाउन्डेसनका अध्यक्ष सुमित काफ्लेका अनुसार सुर्खेतमा यस्तो यस्तो खालको अोर्कसप पहिलोपटक हुन लागेको हो । जसबाट युवाहरूकाे क्षमता विकास र दक्ष जनशक्ति तयार हुनेमा आयोजकको विश्वास छ । फाउन्डेसनले विशेषगरि युवा तथा बालबालिकाहरूलाई लक्षित गर्दै र समाजमा रहेका विकृति विरूद सम्बन्धित जानकारी र समाजिक कार्य गर्दै आएकाे छ ।