कुपोषणको शिकार बन्दै कर्णालीका बालबालिका
सुर्खेत ।
गुर्भाकोट नगरपालिका मेहेलकुनाकी सुनिता बिकले गएको पौषमा बिबाह गरिन् उनि उमेरले अहिले १८ बर्ष मात्रै पुगिन् । अहिले उनी एक बच्चाको आमा बनेकी छन् । उनले जन्माएको बच्चाको तौल जम्मा १ किलो ७०० ग्राम मात्रै छ । भरखरै सुत्केरी भएर आएकी सुनिता राम्रो सँग बोल्न पनि सकिरहेकी थिइनन् । उनले भनिन् ‘बेथाले पनि च्यापेर लामो रुप लियो । बच्चाको अबस्था कस्तो छ त्यो मलाई थाहा छैन । बिबाह त लभ परेर गरेको हो तर आमा हुदा के के गर्नु पर्छ त्यो मलाई राम्रो सँग केहि पनि थाहा छैन ।’
उनि त एक कर्णाली प्रदेश अस्पतालमा बच्चा जन्माउन आउने महिला मध्य की एक प्रतिनिधी पात्र मात्रै हुन् । कर्णाली प्रदेशको पहाडी भुभागमा अहिले पनि परिपक्क भएर बिबाह गर्नु पर्छ भन्ने संस्कार छैन । सानो उमेर मै बालबिबाह गरेर अपरिपक्क उमेरमा नै बच्चाको आमा बाबा हुनुले यँहाका अधिकांस बालबालीकाहरु कुपोषणले ग्रसित छन् ।
कर्णाली प्रदेशको प्रदेश अस्पतालको पोषण गृहमा उमेर नपुगेका १९ बर्ष मुनिका बच्चाको आमाहरु प्राय आउने गरेका छन् । पोषण गृहको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७५ ÷०७६ मा मात्रै याँहा १०३ जना आएका थिए । कोहि पुरा बसेर जान्छन् कोहि घरको काम देखाएर बिचमै बागेर पनि जाने गरेको पोषण गृहकी ईन्चार्ज प्रभा सिंहले जानकारी दिईन् । ‘यो कुपोषण गृहमा आएका आमा र बालबालीहरुलाई हामीले बिभाजन गरेर राख्ने गरेका छौ ।’ उनले भनिन्, ‘अघिल्लो बर्ष शिघ्र कुपोषण भएका ६५ जना, र मध्यम कुपोषण भएका ३८ जना आएका थिए । कोहि पुर्ण रुपमा निको भएर गए भने कोहि बिचमै भागेर गएका थिए ।’ यो बर्ष आमाहरुको रेकर्ड राखेका छैनौ तर अघिल्लो बर्षको रेकर्ड अनुसार प्राय आमाहरु १९ बर्ष मुनिको थिए ।
सुर्खेत वीरेन्द्रनगर नगरपालीका ६ की तुलसरा सिङ यो बर्ष आफ्नो छोरी कुपोषण भएको हुनाले पोषण गृहमा गएकी छन् । उनको बिबाह पनि १७ बर्षको उमेरमा भएको हो । १८ बर्षको हुदा उनको पहिलो सन्तान जन्मीएको थियो तर त्यो सन्तान उनको बचेन । ७ महिनाको नै बच्चा जन्मेको हुनाले बचाउन गाह्रो भयो । उनले भनिन् ‘पछिल्लो एक छोरा भयो छोरा भएको १ बर्ष पछि अर्को छोरी जन्मीन् तर उनले त्यो छोरीलाई त्यो बेला पुरा दुध खुवाईनन् । त्यो दुध एक बर्ष अघि ज्न्मेको छोलालाई खुवाईन् र त्यो छोरीलाई कुपाषण भयो ।’ उनले भनिन् ‘छोराले यसले खाने दुध खाएर मोटाएको छ तर यसलाई कुपोषण भयो ।’
दैलेख पाथी काडा की सुन्तली शर्माको पिडा अझ फरक छ । उनी पनि १८ बर्षको हुदा बिवाह गरिन् १९ बर्षको हुदा पहिलो सन्तानलाई जन्म दिइन् उनी आफै भन्छीन् एउटा त मेरो उमेर नपुगेर मैले बिबाह गरे बच्चा जन्माउने बेला धेरै पिडा भयो गाँउमा गाई भैसि पालेको छन् । घाँस लिन जानको लागी धेरै टाढा जानु पथ्र्यो मैले छोरीलाई समयमा दुध खुवाउन सकिन त्यसैले मेरो छोरीलाई कुपोषण भयो ।
कर्णाली प्रदेश को प्रदेश अस्पतालमा आउने यी सबै प्रतिनिधि पात्र मात्रै हुन् । उमेर नपुगेर बिबाह गर्ने कर्णालीमा पछिल्लो समय निकै बढ्दो छ कर्णाली प्रदेश अस्पतालका प्रमुख डाक्टर डम्वर खड्काले भने । ‘म आफैले यो अस्पतालमा काम गरे देखि यता धेरै डेलिभेरी महिलाको अप्रेशन गरेको छु । जुन १९ बर्ष भन्दा मुनीका आमाहरु धेरै छन् ।’ उनले भने, ‘बच्चाहरुको जन्म अन्तर पनि खासै फरक देखिदैन मैले धेरै आमाहरुलाई जन्म अन्तर कम्तीमा पनि ५ बर्षको फरक पार्नु पर्छ भनेर म आफैले धेरै पटक भनेको छु तर पनि यो यसमा सुधार भइसकेको छैन ।’ यसलाई राज्य स्तरबाट कानुनी बाटो नपनाए यसले भबिश्यमा ठुलो खतराको रुप लिने डाक्टर खड्काले भने ।
यो क्षेत्रको लागी समान्य प्राइमेरी एजुकेशनको लागी सरकारले ध्यान दिनु पर्ने हो तर अहिले सम्म यो सरकारको तर्फबाट हुन सकेको छैन । डाक्टर अर्चना कार्की ले भनिन् । म आफु एक डाक्टर मात्रै होईन म एक आमा पनि हो त्यसैले अहिले गाँउ गाँउमा युवा युवतीहरुलाई छिटो बिबाह गरे पछि के हुन्छ त धेरै ढिलो बिबाह गरे के हुन्छ यसको बारेमा सरकारको तर्फबाट शिक्षा दिन जरुरी भएको डाक्टर कार्कीले भनिन् । सरकारले यो कर्णालीको यो अबस्थालाई ध्यान नदिने भने हो आउने भिबिश्यमा यो कुपोषणको बारेमा धेरै समस्याहरु झेल्नु पर्ने छ । उनले भनिन् ।
