२०८३, १७ असार बुधबार

एमयुमा मौका परिक्षाको माग : आन्दोलन गर्ने चेतावनी

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रथम सेमेस्टारको मौका परिक्षाको माग गर्दै विधार्थीहरूले परीक्षा व्यवस्थापन कार्यालयका परीक्षा व्यवस्थापन प्रमुख आनन्द सुवेदीलाई विधार्थीहरूले ज्ञापनपत्र बझाएका छन् । प्रथम सेमेस्टारको मौका परिक्षाको समय तालिका सार्वजनिक नगरिएको भन्दै उनिहरूले ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझ्दै परीक्षा प्रमुख सुवेदीले आफुले यस बिषयमा केन्द्रीय कार्यालयका कुरा भई रहेको बताउदै भने “हामी माैका परीक्षा कसरी व्यवस्थित बनाउने भनेर छलफलमा नै छौँ ।” उनले भने, “हामी विधार्थीका समस्या समाधान गर्ने लागि नै यो पदमा बसेका हौं ।” विधार्थी प्रतिनिधिसँग कुरा गर्दै सुवेदीले भने ” हजुरहरू चिन्ता नलिनुहोस हामी विधार्थीका समस्या समाधान गर्ने तयार छौँ ।”

विधार्थी प्रतिनिधि समेत रहेका विधार्थी नेता भरत गौतमले भने ज्ञापनपत्र परिक्षा प्रमुख सुवेदीलाई दिदै भने ” हामी परीक्षा व्यवस्थापन कार्यालयले गरेको यो व्यबहार प्रति दुखि छौँ
यस निर्णयले धेरै विधार्थीहरूकाे भविष्यमाथि खेलवाड गरेको छ हामी यश निर्णयकाे विरोधमा छौँ” गौतमले भने । अर्को विधार्थी प्रतिनिधि उमेश तिवारीले भने ” यो निर्णय कारेकारी परिषद्ले पास गरेर मात्र लागू गर्ने पर्ने विश्वविद्यालयकाे एेनमा भए पनि परीक्षा व्यवस्थापन कार्यालयले विश्वविद्यालय एेन विपरीत निर्णय लागू गर्ने खोजेकोमा विरोध गरे यस्तो गरि अर्को प्रतिनिधि जनक धमलाले भने ” यो निर्णय हचुवा तलमा परीक्षा व्यवस्थापन कार्यालयले लागु गर्ने खोजेको बताए ।

उनिहरूले माग पूरा नभए आन्दोलनको चेतावनीसमेत दिएका छन् । आन्दोलनमा क्षति भएमा त्यसको जिम्मा विश्वविद्यालय हुने उनिहरूका दाबी छ ।