२०८२, २८ बैशाख आईतवार

नेकपा र काँग्रेसद्वारा उम्मेदवारी दर्ता, आफैंले जित्ने दुवै दलको दाबी

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी माघ ९ गते राष्ट्रिय सभाको दुइ सीटकालागि हुने निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको झण्डा तथा कार्यकर्ताको दलबलका साथ निर्वाचन आफैंले जित्ने भन्दै निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
सबैभन्दा पहिले नेपाली काँग्रेसले उम्मेदवारी दर्ता गरेको छ । नेपाली काँगैसका तर्फबाट डिल्लीराज पाठक र गणेश कुमारी बस्नेतले उम्मेदवारी दिएका छन् । डिल्लीराज पाठकको प्रस्तावक प्रदेश सभा सदस्य यज्ञबहादुर विसी तथा सर्मथक गुर्भाकोट नपाका मेयर हस्त बहादुर पुनः बसेका छन् ।
यस्तै अर्का उम्मेदवार गणेश कुमारी बस्नेतको सर्मथकमा पञ्चपुरी नपाका मेयर उपेन्द्र थापा तथा प्रस्तावकमा बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभाकुमारी शर्मा बसेका छन् ।
मनोनयन दर्तापछि पत्रकारसँग कुरा गर्दै उम्मेदवार पाठकले पार्टीले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएको बताउँदै यसकालागि धन्यवाद दिए । ‘सबैभन्दा पहिले म नेपाली काँग्रेसलाई धन्यवाद दिन चाहन्छु ।’ उनले भने, ‘हाम्रो मतसंख्या कम भएपनि मलाई मतदाताले गोप्य मतदानमार्फत विजयी बनाउने अपेक्षा गरेको छु ।’ उनले नेकपा भित्र अझैपनि दिल खोलेर एकता नभएको हुँदा यो पालीको निर्वाचनमा नेपाली काँग्रेस विजयी हुने दाबी गरे । ‘विजयी भएमा सरकारको स्वेच्छाचारितामाथि लगाम लगाउन भूमिका खेल्नेछु ।’ उम्मेदवार पाठकले भने, ‘लोकतान्त्रिक मूल्य मान्यता विरुद्ध सरकारले ल्याउने हरेक नीति तथा विधेयक विरुद्ध सशक्त आवाज उठाउनेछु ।’ उनले दुइ तिहाइ सरकारको नीति तथा कार्यक्रम मिचाहा प्रवृत्तिको रहेको दाबी गरे ।
नेपाली काँग्रेस भन्दा पछि मनोनयन दर्ता गर्न आएको नेकपाका उम्मेदवारहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली काँग्रेसभन्दा बढि ढुक्क र जीत सुनिश्चित भएको बताउँदै मुस्कुराउँदै आएका उम्मेदवार मायाप्रसाद शर्मा र सुमित्रा विसीले उम्मेदवारी दर्ता गराएका हुन ।

सुमित्रा विसीको सर्मथकमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल तथा प्रस्तावकमा प्रदेश सभा सदस्य देवि ओली रहेका छन् । अर्का उम्मेदवार शर्माको सर्मथकमा प्रदेश सभा सदस्य ठम्मर विष्ट र प्रस्तावकमा प्रदेश सभा सदस्य करबिर शाही रहेका छन् । ३३ प्रदेश सभा सदस्य तथा ७९ मा ५३ पालिका जितेको नेकपा ढुक्क छ विजयकालागि ।

१९८ मतदाता रहेको कर्णाली प्रदेशमा ७९ स्थानीय तह रहेका छन् । चुनावमा स्थानीय तहका प्रमुख तथा उपप्रमुख र कर्णाली प्रदेश सभाका सदस्यहरुले मतदान गर्नेछन् ।

नेपाली काँग्रेसले उम्मेदवारी दर्ता नगरेर नेकपाको विजय स्वीकार गर्नुपथ्र्यो ।’ उम्मेदवार शर्माले भने, ‘तैपनि लोकतान्त्रिक विधि र प्रत्रियाबाट हामी आएका छौं । हाम्रो जीत कसैले पनि रोक्न सक्दैन ।’ उनले आफूले राष्ट्रिय सभामा कर्णालीका पीडा ओकल्ने र समाधानकालागि राज्यलाई झकझक्याउने बताए । ‘कर्णाली सधैं रोग, भोक र शोकमा छ । भौगोलिक विकटता छ ।’ उनले भने, ‘यस्ता चुनौतीको दीर्घकालिन रुपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनेछु ।’