२०८१, १ कार्तिक बिहीबार

कर्णाली सोचेजस्तो विकट छैनः मन्त्री ज्वाला

सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश सोचेजस्तो विकट नभएको बताएका छन् । होटल व्यावसायी महासंघ नेपालको तेस्रो महाधिवेशनको शुक्रबार वीरेन्द्रनगरमा उद्घाटन गर्दै मन्त्री ज्वालाले कतिपय व्यक्तिलाई कालापानी आएजस्तो लाग्ने गरेको बताउँदै कर्णाली अन्यभन्दा विकट नभएको दावी गरे ।

‘‘कोहलपुरदेखि सुर्खेतसम्म आउन फोर लेन सडक निर्माणको प्रक्रियालाई अघि बढाउन पहल सुरु भएको छ ।’’ मन्त्री ज्वालाले भने, ‘‘सुर्खेतदेखि हिल्सासम्मको सडकका निम्ति वैदेशीक र संघीय सरकारसँग पहल भइरहेको छ, जसको निर्माण गर्न ६४ अर्ब लाग्ने सम्भाव्यता अध्ययनबाट थाहा भएको छ । यो सडक निर्माण सम्पन्न भएको खण्डमा सुर्खेतदेखि हिल्सासम्म बढीमा दश घण्टामा पुग्न सकिन्छ ।’’ उनले सरकारको मुख्य काम भनेकै कर्णालीमा पूँजी भिœयाउने रहेको र सा ेह ी बमा ेजिम सरक ा र अघि बढिरहेको बताए ।

उनले कर्णालीमा व्यावसायिक लगानीका बढाउनका लागि सबै व्यवसायीहरुलाई आग्रहसमेत गरे । ‘‘प्रचुर सम्भावनाका बाबजुत पनि लगानी अभावमा बाँचिरहेको कर्णालीलाई हेर्ने दृष्टिकोण बदल्नुस् ।’’ उनले भने, ‘‘कर्णालीमा लगानी सुरक्षित हुँदैन की भनेर डर मान्नु पर्ने अवस्था छैन । लगानीको सुरक्षा गर्ने जिम्मेवारी प्रदेश सरकारले लिन्छ । तपाईहरु ढुक्क भए र कर्णालीमा लगानी गर्न आउनुहोस् ।’’ महाधिवेशनमा देशैभरका १५ सय ५० जनाभन्दा बढी सहभागीको उपस्थिति रहेको छ । महाधिवेशन शनिबार सकिनेछ ।