२०८१, १ कार्तिक बिहीबार

कर्णालीमा भिडियो कन्फ्रेन्स सुविधा सुरु

सुर्खेत । कर्णाली प्रदेशका सात जिल्लामा भिडियो कन्फ्रेन्स सुविधा सुरु भएको छ । कर्णाली प्रदेश सभा, दैलेख, सुर्खेत, कालिकोट, जुम्ला, रुकुम पश्चिम, सल्यान, जाजरकोटमा संसद सहयोग परियोजना कर्णाली प्रदेशको आर्थिक सहयोगमा भिडियो कन्फ्रेन्स सुविधा सुरु भएको हो ।
प्राविधिक समस्याका कारण हुम्ला, डोल्पा र मुगुमा केही समयमा नै भिडियो कन्फ्रेन्स सुविधा सुरु गरिने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । ‘‘कालिकोट वा अन्य जिल्लाका जनताले सम्बन्धित जिल्ला समन्वय समितिमा गई आफ्ना सांसदहरुसँग गुनासा एवम् माग राख्न सहज होस् भनेर कन्फ्रेन्स सुविधा सुरु गरिएको हो ।’’
कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले भने, ‘‘यसबाट जिल्लामा भए गरेका, तत्काल घटेका घटनाक्रमबारे सांसदलाई थाहा पाउन तथा संसदमार्फत सरकारको ध्यानाकर्षण ् गराउन यो सुविधा प्रदेशका दशै जिल्लामा लागू गर्न संसद सहयोग परियोजनासँग अनुरोध गरेका थियौँ ।

उहाँहरुको प्राविधिक तथा आर्थिक सहयोगमा प्रदेश सभा र प्रदेशका सात जिल्ला समन्वय समितिमा कन्फ्रेन्स सुविधा सुरु गरेका हौँ ।’’ सभामुख शाहीले कर्णालीका विकट जिल्लाका जनताको आफ्ना संसदसँग नियमितरुपमा गुनासा राख्न मिल्ने गरी यो सुविधा सुरु गरिएको दावी गरे ।