२०८१, १ कार्तिक बिहीबार

नाम मात्रको नबनोस् ‘छोरीको बैंक खाता’

कर्णाली प्रदेश सरकारले पुस १ गते बडो तामझामका साथ प्रदेशभित्र जन्मिएका छोरीको बचत सहितको बैंक खाता खोल्ने लोकप्रिय कार्यक्रमको शुरुवात गरेको छ । चालू आर्थिक वर्ष २०७६÷७७ को बजेटमा प्रदेश सरकारले घोषणा गरेको बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम कालिकोटबाट कार्यान्वयन गर्न सुरु गरेको थियो । खाँडाचक्र नगरपालिकाका दलित समुदायका दुई बालिकाको बैंक खाता खोलेर कार्यक्रमको सुरुवात गरिएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेको उक्त कार्यक्रमले कर्णालीका छोरीचेलीलाई सकारात्मक सन्देश दिएको छ ।

पितृसतात्मक सत्ता र सामाजिक मनोविज्ञानका कारण कुनै न कुनै हिंसाका सिकार बन्दै आएका छोरीहरुलाई कर्णाली सरकारको छोरी बैंक बचत खाता’ कार्यक्रमले केही राहत पक्कै नै दिएको छ । तर सबै हिंसा यो कार्यक्रमले हटाउन भने सक्दैन । यो कार्यक्रमले मात्र सबै समस्या समाधान हुन्छ भन्ने पनि छैन । यो कार्यक्रमका साथै छोरीलाई छोराजस्तै अवसर र क्षमता विकासको लागि पनि अति आवश्यक रहेको छ । यो कार्यक्रम छोराकै निम्ति गर्भमै छोरीको भ्रुण हत्या गर्ने, आमाहरुलाई हिंसामा पार्ने र छोरी भएर जन्मेकोमा आत्मग्लानी गर्ने गलत संस्कृतिका विरुद्धमा एउटा आन्दोलन हुने अपेक्षा गर्न सकिन्छ । जहिल्यै प्रदेश सरकारले यस्ता लोकप्रिय कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयनमा भने सधैं खुट्टा कमाउने गरेको समाचार सार्वजनिक हुने गरेका छन् ।
हेलो मुख्यमन्त्रीजस्ता कार्यक्रम फेल भएको अवस्थामा यो लोकप्रिय कार्यक्रमको सुरुवात भएको छ । सरकारले सोचेको लक्ष्य प्राप्त गर्न यो कार्यक्रम सफल बनोस्, नाम मात्रैको कार्यक्रम नबनोस्, शुभकामना