२०८१, ७ बैशाख शुक्रबार

‘बैंक खाता छोरीको,सुरक्षा जीवनभरीको’ कार्यक्रम सुरुः रु. ३ करोड ८४ लाख स्थानीय तहलाई

सुर्खेत । प्रदेश सरकारको महत्वकांक्षी ‘छोरीका लागि बैंक खाता’ खोल्ने योजनाको औपचारिक सुरुवात भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले औपचारिकरुपमा यो कार्यक्रमको सुरुवात कालीकोटको मान्मबाट गरेका हुन् । ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ भन्ने नारासहित २०७६ साउन १ गतेपछि जन्मिएका छोरीको ब्यालेन्स सहितको बैंक खाता खा ेल्ने अभियान कालिकोटबाट सुरु गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार कालिकोटको सदरमुकाम मान्ममा खाँडाचक्र नगरपालिका २ मान्म कालिकोट निवासी दर्शना दमाईका ४ महिने छोरी जानकी परियार र सोही नगरपालिका १ का रतना सुनारका २ महिने छोरी जमुना सुनारलाई बैंक खाता खोल्न एक हजारको चेक दिएर कार्यक्रम शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णालीका छोरीको सामाजिक न्यायका लागि सरकारले यो विशेष कार्यक्रम ल्याएको बताए ।

उनले भने, ‘‘कालिकोट मुलुकको सबैभन्दा गरिब जिल्ला हो । यही गरिब जिल्लाकी भाग्यमानी छोरी जानकी र जमुनाबाट यहाँ छोरीको उज्ज्वल भविष्य निर्माणका लागि छोरी सुरक्षा कार्यक्रमको आरम्भ गरेका छौँ ।’’ विकासका साथै गरिबी अन्त्यका निम्ति प्रदेश सरकार निरन्तर अघि बढेको बताउँदै मुख्यमन्त्री शाहीले छोरी सुरक्षा कार्यक्रमले लैङ्गिक हिंसा अन्त्य हुने विश्वास दिलाए ।

उनले थपे, ‘‘महिला तथा दलितहरु लक्षित परीक्षण परियोजना पनि सरकारले अगाडि बढाएको छ । मूलतः प्रदेश सरकार फुटकर नभई दीर्घकालीनरुपमा प्रभाव पार्ने ठोस योजना निर्माणतर्फ केन्द्रित छ ।’’ यस अघि सरकारले यस प्रदेशका ७९ स्थानीय तहमा एक ÷एक नमूना विद्यालय निर्माण, पर्यटन वर्ष तथा यहा ँक ा १७ ल ाख ७० हजा र नागरिकको विपद् जोखिम बीमा कार्यक्रम शुभारम्म गरिएको बताए ।

उनले, ‘‘यो कार्यक्रमले छोराकै निम्ति गर्भमै छोरीको भ्रुण हत्या गर्ने, आमाहरुलाई हिंसामा पार्ने र छोरी भएर जन्मेकोमा आत्मग्लानी गर्ने गलत संस्कृतिको अन्त्य हुनेछ । यसबाट अब छोराछोरी बरोबरी हुन भन्ने सन्देश प्रवाह हुने र छोरी जन्मँदा खुशी बन्ने संस्कारको बिजारोपण हुनेछ ।’’ सामाजिक विक ास मन्त्री दल रावलले मानव पूँजी विकासमा प्रदेश सरकार निरन्तर लागेको बताए ।

उनले चालु आ.व. साउन १ गतेदेखि जन्मेका छोरीका निम्ति पहिलो किस्ताबापत् तीन करोड ८४ लाख प्रदेश स्थानीय सरक ा रहरुलाई हस्तान्त र ण गरिसकिएको बताउँदै एक घरको दुई बालिकालाई खाता खोल्न एक हजार र प्रति महिना पाँच सयका दरले २० वर्षसम्म सरकारले बचत गरिदिने जानकारी दिए ।

प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवम् प्रवक्ता विमला केसीले छोरी सुरक्षा कार्यक्रमक ो शुभार म्भले जीवनमा सबैभन्दा ठूलो खुशी मिलेको बताइन् । ‘‘प्रदेश सरकारको यस कार्यक्रमले अब छोरीलाई पेटभित्र मार्ने, बालबिबाह तथा लैङ्गिक हिंसा हुने परिवेशको अन्त्य, रोजगारीको सृजना र सामाजिक सुरक्षा हुन्छ’’, प्रवक्ता केसीले भनिन् । प्रदेश सभा सदस्य कुर्मराज शाहीले प्रदेश सरकारले छोरीको भविष्यका लागि सामाजिक न्यायको कार्यक्रम ल्याएको भन्दै धन्यवाद व्यक्त गरे ।