२०८१, २१ बैशाख शुक्रबार

कर्णाली प्रदेश सभाको हिँउदे अधिवेशन माघको पहिलो सातासम्ममा

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन माघको पहिलो सातासम्ममा हुने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।

कर्णाली प्रदेश सरकार र यहाँको अवस्थाबारे जानकारी दिन प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसँग भेट गर्न आइतबार बिहान प्रदेश प्रमुखको कार्यालय पुगेका मुख्यमन्त्री शाहीले पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

‘अधिवेशन आवश्यक परेको बेला जहिले पनि बोलाउन सकिन्छ,’ मुख्यमन्त्री शाहीले भने, ‘तर पुस अन्तिम साता वा माघको पहिलो सातामा अधिवेशन बोलाउने सल्लाह भइरहेको छ ।’

मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख कलौनीलाई प्रदेशको अवस्थाबारे जानकारी दिएको बताए ।

‘यो हाम्रो नियमित भेट हो,’ उनले भने, ‘प्रदेशको समग्र अवस्थाका बारेमा कुराकानी भएको हो ।’

कर्णाली प्रदेश सभाको बर्खे अधिवेशन असोज १० गते सकिएको थियो ।

सम्बन्धित समाचार