२०८३, १७ असार बुधबार

जनजातीको योगदानको खोज गर्नुहोसः मन्त्री भण्डारी

सुर्खेत ।
कर्णाल िप्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले देश निर्माणमा जनजाती समुदायको महत्वपूर्ण योगदान रहेको बताउँदै उक्त योगदानको खाज गर्न जनजाती पत्रकारहरुलाई आग्रह गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघको पहिलो प्रदेश अधिवेशनलाई उदघाटन गर्दै मन्त्री भण्डारीले जनजाती समुदायले देशको राष्ट्रियता, अखण्डता जोगाउन महत्वपूर्ण योगदान गरेको स्मरण गरे । ‘यो देश निर्माणमा, आजको यो व्यवस्थासम्म आइपुग्न जनजाती समुदायको महत्वपूर्ण योगदान रहेको सबैलाई थाहा नै छ ।’ मन्त्री भण्डारीले भने, ‘ती योगदान दिने महान व्यक्तित्वहरुको खोजी गर्दै उहाँहरुको इमान्दारीताका कथा लेख्न म महासंघमा आवद्ध सञ्चारकर्मीलाई आग्रह गर्दछु ।’ मन्त्री भण्डारीले कर्णालीको समृद्धिका लागि महासंघले कलमका माध्यमबाट ठूलो सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।
अध्यक्षमा घर्तिं चयन
यसैबीच, नेपाल आदिवासी जनजाति पत्रकार महासंघको अध्यक्षमा भुपेन्द्र घर्ति निर्वाचित हुनु भएका छन् । महासंघ कर्णाली प्रदेशको प्रथम महाधिवेशनबाट घर्तीसहित १३ सदस्यीय नयाँ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा धर्मरत्न थापा, उपाध्यक्षमा करिष्मा चौधरी, महासचिवमा सन्तोष घर्ति, संगठन सचिवमा सपना पुन मगर, संस्थागत सचिवमा डिल वहादुर चौधरी, कोषाध्यक्षमा राजेश कुमाल, सदस्यहरुमा नरजंग तामाङ, बविकिशोर गुरुङ, दिपा गाहा मगर, सदस्य (महिला) मा मनकला बुढामगर, खीमा गुरुङ, सदस्य(अल्पसंख्यक) छफाल लामा चयन भएका हुन ।