२०८३, १७ असार बुधबार

हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरीले बच्चा गुमाइन

सुर्खेत।
कर्णाली प्रदेश अस्पतालमा हेलिकप्टरबाट उद्धार गरेर सुत्केरी गराउन ल्याइएकी एक महिलाले बच्चा गुमाएकी छिन् । जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ की कमला नेपालीलाई मंगलबार बिहान सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा ल्याइएको थियो । सोमबार बिहानदेखि सुत्केरी व्यथा सुरु भएकी कमलाको बच्चा जन्मिन सकेको थिएन । बच्चा नजन्मँदै अत्याधिक रक्तश्राव हुन थालेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत अस्पताल पु¥याइएको जुनीचाँदे–२ का वडा अध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए । तर अस्पतालमा ल्याएको केहि समयमै बच्चा पेटभित्रै मरिसकेको र आमालाई बचाउन अप्रेशन गर्नुपर्ने परिस्थिति आएका कारण आमाको ज्यान जोगिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. डम्बर खडकाले बताए । ‘एक्कासी वार्डमा विरामी ल्याइएको थियो । विरामीको बारेमा हामीलाई केहि पनि जानकारी दिइएको थिएन ।’ डा खड्काले भने, ‘हामीले तत्काल अल्ट्रासाउण्ड गरेर हेर्दा बच्चाको हात पाठेघर बाहिर निस्केको र त्यो पनि तेश्रो अवस्थामा भइ बच्चाको मृत्यू भएको थाहा पायौं ।’ उनले भने, ‘मंगलबार दिउसो एक बजे अप्रेशन गरेर आमाको ज्यान जोगाउन सफल भयौं । अहिले उनको अवस्था सामान्य रहेको छ ।’
डा. खड्काले हेलिकप्टरबाट उद्धार गरेर ल्याइने विरामीको बारेमा अस्पताल प्रशासनलाई कसैले पनि जानकारी नदिने गरेको गुनासो गरे । ‘कम्तिमा यस्ता विरामीको उद्धार गरिदैंछ भन्ने हामीलाई पहिले नै जानकारी दिइनुपथ्र्यो । त्यस्तो गर्दा हामीलाई आवश्यक तयारी गर्न सजिलो हुन्थ्यो ।’ उनले भने, ‘डेलिभरि केसमा केहि महिला साँच्चिकै उद्धार गर्नुपर्नें अवस्थाका भएपनि बाँकी महिलाले नर्मल डेलिभरि गर्ने गरेको देखिदा सोर्स फोर्स बढि भएको हो की जस्तो लाग्ने गरेको छ ।’ उनले नर्मल डेलिभरि हुनेहरुलाई राज्यले महँगो मूल्य तिरेर उद्धार गर्ने गरेको बताए ।