२०८१, ८ बैशाख शनिबार

हुवावे मोबाइल पहिलो एप्याक डिभेलपर डे

सुर्खेत । हुवावे मोबाइल सर्भिसेस (एचएमएस)ले सिंगापुरमा पहिलो एप्याक डिभेलपर डे को आयोजना गरेको छ । डिभेलपर डे मा ह्वावेको एसिया प्रशान्त क्षेत्रका १५० भन्दा बढी साझेदारहरूको सहभागिता थियो । सो कार्यक्रममा ह्वावेले एउटा खुलाइको सिस्टम निर्माणगर्ने आफ्नो योजनाबारे जानकारी गराएको थियो । ह्वावेले खुला इको सिस्टम अन्तर्गत अलसियानोरियो, नवीनतम प्रविधिहरू जस्तै ह्वावे मोबाइल सर्भिसेस ओपन केपेबिलिटिज, ह्वावे डिभाइसेस, फाइभजी नेटवर्कहरू तथा एआई– पावर्डएपहरूले सपोर्ट गर्ने सिमलेस डिजिटल लिभिबको निर्माण गर्ने लक्ष्य रहेको छ । हाम्रो लागि अब ह्वावेइको सिस्टम सार्वजनिक गर्नेसमय आइसकेको छ किनकि यसक्षेत्रमा ३० वर्षभन्दा बढी समय बिताइसके पछि हामी एउटा परिपक्व चरणमा पुगिसकेका छौँ । ह्वावेइको सिस्टम ह्वावे मोबाइल सर्भिसेसमा जडित छ र हाम्रो १+८+एन’ रणनीतिमा संलग्न छ । यसले हाम्रा साझ ेदा रहरूलाई उनीहरूको व्यवसायहरू हाम्रो प्लेटफर्ममा एकीकृत गरी उनीहरूलाई डिजिटल इनोभेसनलाई अघि बढाउन सघाउनेछ ।” ह्वावे कन्ज्युमर क्लाउड सर्भिसका अध्यक्ष झाबपिब’ यानले भने ।