नेपाल भ्रमण वर्ष २०२०ः एक लाख विदेशी पर्यटक कर्णाली भित्र्याउने मन्त्री बुढाको दाबी
सुर्खेत । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक लाख विदेशी पर्यटक कर्णालीमा भित्र्याउने गरी तयारी थालेको छ । कर्णाली पर्यटन प्रवृद्र्धन समितिको बैठकले विभिन्न ६ ओटा उपसमिति गठन गरी पर्यटक भित्राउन आवश्यक प्रक्रिया सुरु गरिसकेको मन्त्री नन्दसिंह बुढाले बताए । वीरेन्द्रनगरमा आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्वोधन गर्दै गत आर्थिक वर्ष २०७५÷०७६ मा पाँच लाख आन्तरिक र बाह्य पर्यटक भित्राउने भनिएपनि त्यति संख्यामा पर्यटक नआएको उनको भनाई थियो ।
‘गतवर्ष भन्दा हामीले यो वर्ष चार गुणा कम त र विदेशी पर्यटक कर्णालीमा भित्राउने लक्ष्य राखेका छौं ।’ मन्त्री बुढाले भने, ‘त्यसकालागि आवश्यक भौतिक पूर्वाधा रक ा े विकासका लागि संघीय सरकारसँग डेलिगेसन जाने निर्णय गरेका छौं ।’
उनले कर्णालीको विकास र समृद्धिको आधार पर्यटन क्षेत्र नै भएको बताउँदै मन्त्रालयले पर्यटन क्षेत्रको विकास गर्न नेपाल भ्रमण वर्ष २०२० विभिन्न कार्यक्रमहरु तथा बजेट ल्याएको बताए ।
‘भौतिक पूर्वाधारको विकास गर्ने, होटलको व्यवस्थापन गर्ने, होम स्टेहरु सञ्चालन गर्ने, नीजि क्षेत्रसँग सहकार्य गर्ने अठोटका साथ भ्रमण वर्ष २०२० को प्रचार प्रसार अभियानलाई उच्च प्राथमिकताका साथ हामीले लिएका छौं ।’ मन्त्री बुढाले भने, ‘त्यसकलागि सञ्चार जगतले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा सरकार आशावादी छ ।’ पर्यटन प्रवृद्धन समितिका सह– संयोजक राजु कार्कीले नीजि क्षेत्र सरकारसँग सहकार्य गर्दै अघि बढन तयार रहेको बताए ।
‘हामी सरकारसँग सहकार्य गर्दै समृद्ध कर्णाी बनाउने अभियानमा साथ दिन तयार छौं ।’ उनले भने, ‘अपर डोल्पामा रोयल्टी लिने कुरा, भौतिक पूर्वाधारको विकास गर्ने कुरा, पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने कुरामा सरकार लागोस ।’ उनले कर्णालीको राजधानीबाट अन्य जिल्लामा उडानको व्यवस्थ ागर्नेपर्ने, कर्णाली करिडोर र भेरी करिडोरको स्तरोन्नती गर्नुपर्ने जस्ता पर्यटनका प्रमुख आधारहरु तयार
