२०८१, १ कार्तिक बिहीबार

इन्जिनियरिङ्को डीनमा घिमिरे

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय इन्जिनियरिङ्ग संकायमा अनन्तराज घिमिरे डीनमा नियुक्त भएका छन् । निवर्तमान डीन डाक्टर गोविन्द लामिछानेले राजीनामा दिएपछि डीनमा घिमिरे नियुक्त भएका हुन् ।

बिहीबार नै उनले सपथ ग्रहणसमेत गरेका छन् । सपथ ग्रहण पछि नवनियुक्त डीन घिमिरेले इन्जिनियरिङ्ग संकायभित्रका सम्पूर्ण बेथितिहरुको अन्त्य गर्दै यसको व्यवस्थापनमा लाग्ने प्रतिक्रिया दिएका छन् । उनले विश्वविद्यालयभित्र कैयौं प्राज्ञिक कामभन्दा पनि अन्य काममा ध्यान दिएको भन्दै प्राज्ञिक थलो बनाएर छोड्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागीहरुले विश्वविद्यालयको समग्र विकास र इन्जिनियरिङ्ग संकायलाई देशकै नमूना बनाउन डीन घिमिरेलाई शुभकामना दिएका थिए ।