२०८१, २८ फाल्गुन बुधबार

सल्यानमा ९२ प्रतिशत धान रोपाई

सल्यान । सल्यानमा हालसम्म ९२ प्रतिशत धान रोपाई भएको छ । यस वर्ष प्रयाप्त मात्रामा वर्षा नहुँदा सल्यानमा ९२ प्रतिशत धान रोपाई भएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय सल्यानले जनाएको छ । सिचाई सुविधा नहुनु, भएका सिचाई कुलोहरु पनि सडक खन्ने नाममा पुरिनु, कच्ची कुलो हुनु, प्रयाप्त वर्षा नहुनु लगायतका कारण सल्यानमा ९२ प्रतिशत धान रोपाई भएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय सल्यानका प्रमुख रेशम कुमार बस्नेतले बताए । उनका अनुसार ८ प्रतिशत अझै रोपाई हुन बाँकी रहेको छ । भदौंको दोस्रो साता लागि सकेकाले अव धान रोपाई नहुने समेत उनले बताए । आकासे पानीको भरमा खेती गरिने खेतहरु बाँझो रहेको बस्नेतको भनाई रहेको छ । जिल्लाको पश्चिम क्षेत्रमा धान रोपाई कम भएको पाइएको छ । सल्यानको शारदा फाँट, मर्म ज्यूला पछिको बन्गाड ज्युला धान उत्पादनको पकेट क्षेत्रमा रुपमा रहेका छन् । अन्य क्षेत्रमा धान रोपाई सकिए पनि पश्चिम बन्गाड क्षेत्रमा रोपाई नसकिएको बस्नेतको भनाई छ । जिल्लाभर झन्डै ८ सय रोपनीमा धान खेतीमा रोपाइँ हुन नसकेको उनले बताए । प्रयाप्त मात्रामा वर्षा नहुँदा रोपिएको ठाउँमा समेत धान राम्रो नभएको कार्यालयले जनाएको छ । वर्षा नहुँदा बन्गाड कुपिन्डे नगरपालिका वडा न १ नाम्रामा मात्रै करिब ६ सय रोपनी भन्दा बढि जमिन बाँझो भएको स्थानीय कृषक विरवल पोखरेलले बताए । धानको व्याड राखेको दुई महिनासम्म पनि पानी नपर्दा व्याड सुकेको उनले बताए । उनले भने ५६ घरधुरी रहेको गाउँमा अनुमानित ८ सय रोपनी जग्गा होला । त्यसमा ६ सय रोपनी खेतीयोग् जमिन बाँझो रहेको छ । नगरपाकिाको वडा न ३ स्थित कालिखोलाको बाझ बाट ल्याएको ५ किलोमिटर टाढाबाट कच्ची कुलोबाट खेतसम्म पानी आईनपुग्ने कृषक गोपिलाल आचार्यले बताए । धान लगाउने खेतमा पानी नपरेपछि मकै लगाउन बाध्य भएको उनको भनाई छ ।