२०८१, १९ चैत्र बुधबार

कर्णालीका कृष्ण कंडेल, कलाबाटै समाजसेवा

सुर्खेत।
कर्णालीका पुर्व सैनिक, जो राजधानीमा तहल्का मच्चाइरहेका छन् । हजारौं पीडित व्यक्तिलाई कला र गलाको माध्यमबाट राहत संकलन गरी घाउमा मल्हम लगाइरहेका ती व्यक्तिको नाम हो कृष्ण कंडेल । पेशाले सुरुमा सैनिक जीवन सुरु गरेका कंडेल अहिले देश विदेशमा चर्चाको शिखर चुमिरहेका छन भन्दा अत्युक्ति नहोला । २०२९ सालमा सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ८ लाटीकाँडामा जन्मेका कंडेलको अहिले कर्मभूमि संघीय राजधानीमा बस्दै आइरहेका छन् ।
सामाजिक अभियन्ता तथा लोककलाकर्मी कंडेल पुर्व नेपाली सेना हाल इन्दे्रणी समाजका संस्थापक अध्यक्ष र इन्दे्रणी समाज काठमाण्डौका संस्थापक व्यक्तित्वका रुपमा स्थापित भइसकेका छन् ।
तीन भाई र चार दिदी बहिनी मध्ये कृष्ण माईला हुन । बाल्यकाल देखि नै लोक संस्कृति प्रति रुची राख्ने कृष्णले कक्षा ५ देखि नै कविता र गीतबाटै विद्यालयका कार्यक्रम तथा विभिन्न प्रतियोगिता सञ्चालन गर्थे । रेडक्रस र स्काउटका तालिमहरु समेत कृष्णले गीत, गजल र कविताबाट सञ्चालन गर्दा सबै अचम्मित हुने गरेको उनको भनाई छ ।

स्थानीय नेरा मावि वावियाचौरमा एसएलसी सम्मको अध्ययनपछि आरआर क्याम्पस काठमाण्डौंमा अध्ययन गर्दैगर्दा २०४८ मा नेपाली सेनामा भर्ना भएका कडेंलले उच्च शिक्षा भने हासिल गर्न सकेनन ।

नेपाली सेनामा भर्ना भए लगत्तै रेडियो सैनिक कार्यक्रम सञ्चालन गर्ने अवसर पाएका कडेंलले १६ वर्ष नेपाली सेनामा बिताएका थिए । सेवा निवृत भए लगत्तै माउन्टेन टेलिभिजनमा आबद्ध भएका कडेंलले सप्तर¨ी इन्दे्रणी मार्फत नेपालको लोक संस्कृतिको संरक्षण सम्बद्र्धन गर्नमा योगदान पु¥याउनुको साथै सयौ दिन दुखीहरुका लागि उपचार खर्च जुटाउने जस्ता कार्यक्रम सञ्चालन समेत गरे ।

छ वर्ष अघि एविसी टेलिभिजनमा छिरेका कडेंलले इन्दे्रणी समाज गठन गरी इन्दे्रणी कार्यक्रम मार्फत नेपालको लोककला संस्कृति, सम्पदाको संरक्षण सम्बद्र्धन गर्ने मात्र नभै ओझेलमा परेका पर्यटकीय स्थल, भाषाको संरक्षण सम्बद्र्धनमा समेत अमुल्य योगदान पु¥याउदै आएका छन् ।
सिन्धुपलाञ्चोकको जुरेमाङखाका बाढीपीडित, ०७२ को महाभुकम्प पीडित, सुर्खेत र बर्दियाका बाढी पीडितहरुका लागि इन्दे्रणी कार्यक्रम मार्फत राहत रकम जुटाउन कडेंलले अतुलनीय योगदान गरे ।

यति मात्र होइन कडेंलले इन्दे्रणी कार्यक्रम मार्फत मृगौला फेल भएका, दृष्टिविहीन, प्यारालाईसिस, दुर्घटनामा परी उपचार गराउन नसकेका, अपा¨ता र गरिबीका कारण घरबास नभएकालाई घरवास व्यवस्थापन, क्यान्सर पीडित, अनाथ बालबालिकाहरुको व्यवस्थापन, गम्भीर प्रकृतिका रोगीको उपचार, साउदीअरबमा आजीवन कारावास सुनाईएका कैदीहरुको उद्दारका लागि समेत आवश्यक रकम जुटाउन उल्लेखनीय पहल समेत गरेका छन् ।
उनकै पहलमा हालसम्मसउदी अरबमा आजीवन कारावासको सजांय तोकिएका काभे्र कुसापानीका रामचन्द्र तिमिल्सिना, चितवनका जीवन रानाभाट, इलामका पे्रमबहादुर राई, रोल्पाका दिलबहादुर घर्ती मगर र तेह्रथुमका खडगबहादुर जोगी सहित ५ जनाको लागि ६ करोड बढी रकम जुटाएर उनीहरु कैदमुक्त भई नेपाल फर्किसकेका छन ।

‘इन्दे्रणी कार्यक्रमको माध्यमबाट सहयोगी दाताहरुको सहयोगमा हालसम्म दुवै मृगौला गुमाएका ४६ जना, मुटुमा प्वाल परेका जस्ता गम्भीर प्रकृतिका रोग लागेका ५ जना अपा¨ता भएका १२ जना, क्यान्सर पीडित ११ जनाको उपचार खर्च जुटाइ सकेका छौं ।’ उनले भने, ‘ती पीडितहरु मध्ये अधिकांशको सफल उपचार भैसकेको र केहीको हाल उपचार भैरहेको छ ।’

लोककला संस्कृति सिंरक्षण सम्बद्र्धनका साथ यसैको माध्यमबाट दिन दुखी, असहाय गरिब, विभिन्नखाले रोगबाट पीडित, दैवीप्रकोप पीडित तथा देश र विदेशमा बसेका नेपालीहरुको पीडामा मलमपटटी लगाउन तथा उनीहरुको पीडासमन गर्न पाउँदा हर्षित भएको कडेंलको कथन छ ।
इन्दे्रणी कार्यक्रमको माध्यमबाट हालसम्म सयौं लोकसंस्कृति पे्रमी कलाकारहरु उत्पादन गरिसकेको र दैनिक २० जना भन्दा बढी पीडितहरु सहयोग जुटाईदिन आग्रह गर्दै इन्दे्रणी समाजमा आउने गरेको कडेंल बताउँछन् ।

‘समाजसेवा नै सबैभन्दा ठूलो पूण्य हो जस्तो लाग्छ ।’ उनी भन्छन्, ‘देश विदेशमा बसेका मनकारी नेपाली दाजुभाइको सहयोगमा हामीले यो काम गर्न सफल भएका हौं ।’ उनले धेरै पुरस्कार पनि पाइसकेका छन् । गोरखा दक्षिण बाहु, सुप्रबल प्रसिद्ध जनसेवा श्री, अन्तराष्ट्रिय भ्रष्टाचार विरोधी प्राप्त गरेका छन् । यहाँसम्म आईपुग्न पत्नि प्रतिमा कडे्रलको प्रमुख हात रहेको उनको भनाई छ । २ दर्जन बढी राष्ट्रिय स्तरका पुरस्कारबाट सम्मानित भएका छन । आँसु गायकको समेत उपाधि पाएका कंडेलले लोकसंस्कृतिको जगेर्ना गर्नु पनि आफ्नो सक्रियता रहेको बताए ।

‘अहिले लोक साहित्यलाई बंग्याउन खोजिदै छ । मौलिक कला संस्कृतिको रक्षा तथा सम्बृद्धन गर्नु हामी सबैको दायित्व हो ।’ उनले भने, ‘यसकालागि राज्यले नै अग्रसरता लिनुपर्छ ।’ उनले कला तथा साहित्य क्षेत्रमा जीवन व्यतित गरेका श्रष्टाहरुलाई राज्यले जीवन निर्वाहका लागि सहयोग गर्नुपर्ने बताउँछन् । ‘पुरै समय कला सािहत्य तथा लोकसाहित्यमा खर्च गरेका अग्रजलाई राज्यले सम्मान गर्नपर्छ ।’ उनी भन्छन्, ‘बरु उनीहरुसँग भएको सीप, कला, साहित्यलाई राज्यले प्रयोग गर्ने र सो वापत उनीहरुलाई जीवन निर्वाह गर्न पुग्ने खर्च दिन जरुरी छ । यस्तो भएको खण्डमा अन्य युवालाई कला क्षेत्रमा लागि रहन र देशको मौलिकतालाई बचाइ राख्न सहयोग पुग्ने मेरो अपेक्षा छ ।’