२०८१, ३० आश्विन बुधबार

बजेट माथिको छलफल जारी

सुर्खेत । कर्णाली सरकारको बजेट माथिको छलफल बिहीवारपनि भएको छ । छलफलमा भाग लिँदै महिला सांसदहरुले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रमलाई ओझेलमा पार्न खोजिएको भन्दै असन्तुष्टी जनाएका छन् ।

सांसद सीताकुमारी नेपालीले छोरीहरुका लागि सरकारले ल्याएको कार्यक्रमलाई गलत अर्थमा नबुझ्न आग्रह गरिन् । कतिपय छोरीहरुलाई १ हजार र ५ सय कुनै अर्थ नराख्ने भन्दै त्यो बजेटलाई अन्य कुनै लाभदायक क्षेत्रमा राख्ने र नाफा आएको रकम छोरीहरुलाई नै दिनुपर्ने बताइन् ।

उनले बजेटले समानुपातिक सांसदहरुलाई उपेक्षा गरिएको भन्दै सांसद कोष हुनुपर्ने जिकीर गरिन् । नेपालीले २४ प्रतिशत जनंख्या रहेको दलित समुदायका लागि उत्कृष्ठ बजेट नआएको बताइन् ।

प्रदेशमा बहुआयामिक गरिब रहेको दलित बजेट माथिको छलफल जारी समुदायका लागि गर्भ गर्न लायक बजेट नआएको भन्दै दुःख व्यक्त गरिन् । यस्तै, सांसद पद्मा खड्काले बैंक खाता छोरीको सुरक्षा जीवनभरीको कार्यक्रमलाई आझेलमा पार्न खोजिएको भन्दै आक्रोश पोखिन् ।

उनले कतिपय सांसदले राज्यको क्षमताले यो कार्यक्रलाई धान्न नसक्ने भन्नेतर्फ इंगित गर्दै कार्यक्रम आउनु पहिले नै डगमगाउन नहुने उनको भनाइ छ । सांसद कौशिलावती खत्रीले छोरी नजन्माउने, छोरी भए गर्भमै मार्ने परम्पराको अन्त्य गर्न बैंक खाता छोरीको सुरक्षा जीवनभरीको कार्यक्रम आएको भन्दै यो कार्यक्रम सञ्चालन हुनुपर्ने माग गरिन् ।

प्रतिपक्ष दलका सांसद हिमबहादुर शाहीले बजेट स्पष्ट आउन नसकेको धारणा राखे । बजेटका बुँदाहरु मा धेरै ठाउँमा यो कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरिएको छ, त्यो कति रकम विनियोजन गरिएको हो, खुलाउनुपर्ने उनको धारणा छ ।

भौ तिक पूर्वाधारका सबै बजेट मुख्यमन्त्री कार्यालय मा राखिएको भन्दै यदि मुख्यमन्त्री कार्यालयबाटै सबै काम हुन्छ भने भौतिक मन्त्रालय खारेज गर्न उनले माग गरे । प्रदेश अस्पताललाई ३ सय शैया बनाउन २ ० करोड रकम विनियोजन गरिएकोप्रति उनले यसमा बजेट बढाउन माग गरे ।

बैठकमा सांसदहरु वीरबहादुर शाही, दानसिंह परियार, रातो कामी, झोवा विक, पदमबहादुर रोकाया, राजु नेपाली, कुर्मराज शाही, अमृता शाही लगायतले भाग लिएका थिए । विनियोजन विधेयकमाथिको छलफल आज (शुक्रबार) पनि रहनेछ ।