२०८१, ३० आश्विन बुधबार

एसइईको नतिजा : कर्णाली प्रदेशबाट ३५ हजार ६ सय ३४ उत्तीर्ण

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ४९ हजार ६ सय ४२ जना उत्तीर्ण भएका छन् भने प्राविधिकतर्फ ९ हजार ६ सय ३३ जना उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको हो । जीपीए ३.६० देखि जीपीए ४.० ल्याउने परीक्षार्थीको संख्या १७५८० रहेको छ ।

त्यस्तै जीपीए ३.२० देखि जीपीए ३.६० ल्याउने परीक्षार्थीको संख्या ५१ हजार १ सय ३७ रहेको छ । त्यस्तै जीपीए २.८० देखि जीपीए ३.२० ल्याउने परीक्षार्थीको संख्या ६३ हजार ७४१ रहेको छ । जीपीए २.४० देखि २.८० ल्याउने परीक्षार्थी ७६ सय ५६४ रहेका छन् । त्यस्तै २.०देखि २.४० ल्याउने परीक्षार्थी ९८२०७ रहेका छन् । त्यस्तै जीपीए १.६० देखि २.० जीपीए ल्याउने परीक्षार्थी ९५३०७ रहेका छन् ।

त्यस्तै, जीपीए १.२० देखि १.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ४३८४१ रहेको छ । राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेको हो । परीक्षामा सामेल २ जना विद्यार्थीको सबै परीक्षा रद्द भएको छ भने ४८ जनाको आंशिक परीक्षा रद्द भएको जानकारी परीक्षा नियन्त्रण कार्यालयले दिएको छ ।

संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तिमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् । परिक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार कर्णाली प्रदेशबाट ३५ हजार ६ सय ३४ पास भएका छन् ।

त्यस्तै प्रदेश १ बाट ८३ हजार ६ सय १८, प्रदेश २ बाट ७० हजार ५ सय १८, प्रदेश ३ बाट १ लाख हजार २, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश ५ बाट ७६ हजार ९ सय ८३, र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७२ विद्यार्थी परीक्षामा सामेल थिए ।

परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नुपरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानक ा री दिए । त्यस्तै, दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडबृद्धि परीक्षामा सहभागी हुन सक्ने उनले बताए । कार्यालयले बुधबार नै परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले बिहीबार परीक्षाफल सार्वजनिक गरेको हो ।
प्रदेश नं. २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन लागेको थियो । अघिल्ला वर्षहरुमा जेठ मसान्त वा असार पहिलो साताभित्रै नतिजा सार्वजनिक हुने गर्दथ्यो । २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । एसईईको नतिजा १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ ।
यसका लागि अंग्रेजीमा एसईई टाइप गरेर स्पेश दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ । यसका अलावा १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ । हाम्रो नयाँ नेपाल दैनिकको वेबसाइट http://www.enayanepal.com/see मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत् मार्कसिटसमेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक  पर्छ ।