२०८१, ३० आश्विन बुधबार

युवाहरुको ज्ञापन पत्र बुझ्दै मन्त्री रावलले भने, “युवा महिला तथा स्वास्थ्यका समस्यामा गम्भिर छौं”

लक्ष्मीप्रसाद पौडेल

सुर्खेत । 

कर्णाली प्रदेशका युवाहरुले कर्णाली प्रदेशको सामाजिक विकास मत्रालयमा मन्त्री दल रावल लाई युवा तथा यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रका समस्या समाधानमा नीतिनिर्माणका लागि विहिवार ज्ञापन पत्र बुझाएका छन । नेपाल युवा संस्था संजाल (आयोन) मार्फत युवाहरुले उक्त ज्ञापनपत्र बुझाएका हुन ।

ज्ञापनपत्र बुझेपछी कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आफुहरु विभिन्न संघसंस्थासंग समन्वय गरेर युवा र यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि तत्पर रहेको बताएका छन । “विभिन्न स्वास्थ्य क्षेत्रका विशेषज्ञहरुसंगको सहकार्यमा स्वास्थ्य विधेयकको ड्राफ्ट तयार गरेको र प्रदेशसभामा जान बाँकी छ ।” मन्त्री रावलले भने । “त्यो विधेयक पनि हामिले धेरै मेहेनत गरेर एकदमै महत्वपुर्ण र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्नेखालको बनाएका छौँ । ” महिला तथा स्वास्थ्यका समस्यामा गम्भिर छौं ।” उनले भनेँ ।उनले युवा महिलाका स्वास्थ्य तथा अन्य समस्या समाधानका लागि प्रदेश सरकारले छोरी बचत खाता संचालनमा ल्याएको बताए । सामाजिक विकास मन्त्रालयमा प्रदेशमा अलि बजेट अभाव भएकोले भनेजति गर्न नसकेको स्विकार गरे । तर कर्णाली प्रदेश सरकार युवा, महिला विभिन्न संघसंस्थासंगको समन्वय र सहकार्यविना विकास सम्भव नभएको बताए ।

सरकारले दिगोविकासको लक्ष्यप्राप्तिका लागि लैंगिक समानता र महिला शशक्तिकरणलाई महत्व दिएको छ । जुन दिगो विकासका सबै लक्ष्यप्राप्तीका लागि अनिवार्य छ । कर्णाली प्रदेशका युवाहरुलाको अरंथपुर्ण सहभागिता, पहुँचयोग्य स्वास्थ्य सेवा, विस्तारित यौन तथा प्रजनन स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी नीतिनिर्माणका लागि कर्णाली प्रदेश सरकारलाई आव्हान ज्ञापन पत्रमा गरिएको छ ।

ज्ञापन पत्रमा आधारभुत स्वास्थ्य सेवा र सुरक्षित गक्भपतन सेवा तथा सुचनामा युवा, महिला, अपांगता भएका व्यक्तिहरुको सहज पहुँच सुनिश्चित गर्न अनुरोध गरिएको छ । स्वास्थ्यसंस्था स्वास्थ्यकर्मि तथा दक्ष जनशक्ती विकास कर्णाली प्रदेश सरकारको प्राथामिकतामा राख्न र लैंगिग समानतायुक्त र यौन तथा सामाजिक हिंसामुक्त कर्णाली प्रदेश निर्माण गर्न युवा तथा महिला लक्षित निती तय गर्न अनुरोध गरिएको छ ।

यस्तै कर्णाली प्रदेश सरकारले लागु गर्ने कानुनको प्रभावकारी अनुगमन र नेपाल सरकारको लक्ष्यअनुरुप कर्णाली प्रदेशमा स्थापना हुनुपर्ने स्वास्थ्य सेवा केन्द्रहरु अबिलम्व स्थापना गर्न अनुरोध पनि ज्ञापन पत्रमा गरिएको छ ।

तालिमका सहजकर्ता पुन्य भण्डारीले यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रका समस्या समाधानमा सहभागि युवाहरुको अपेक्षा रहेको बताए । नेपाल युवा संस्था संजालका वरिष्ठ कार्यक्रम अधिकृत सुष्मिता श्रेष्ठले सहभागिहरुले आफुले ग्रहण गरेको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी नेतृत्व र सेयर गर्नुपर्ने बताइन ।

युवाहरुले वीरेन्द्रनगरमा मंगलवारदेखी तिन दिवसिय यौन तथा प्रजनन स्वास्थ्य अधिकार पैरवी क्षमता अभिवृद्धी तालिमपश्चात उक्त ज्ञापन पत्र बुझाएका हुन। तालिममा कर्णाली प्रदेशका विभिन्न जिल्ला तथा स्थानिय तहका २० जनाभन्दा बढि युवायुवतिहरुको सहभागिता रहेको थियो ।

 

ज्ञापन पत्र वाचन र मन्त्रीको प्रतिक्रिया भिडियो