२०८१, २० बैशाख बिहीबार

‘सबैलाई समेट्ने गरी बजेट ल्याउछौँ’

सुर्खेत । कर्णाली सरकारका आर्थिक मामिला तथा योजना प्रकाश ज्वालाले आगामी वर्षको बजेट सबै क्षेत्रलाई समेट्ने गरी ल्याइने बताएका छन् । तन्नेरी चासो सुर्खेतको आयोजनामा वीरेन्द्रनगरमा मंगलबार कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमाथि बहस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले अब आउने बजेटलाई कार्यतालिका बनाएर भए पनि पूर्णरुपमा खर्च गरिने प्रतिबद्धतासमेत उनले जनाए । ‘‘कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन, सिक्स लेन सडक निर्माण राजधानीका सडकहरु स्तरोन्नति गर्ने लगायतका कामलाई बजेटको प्राथमिकतामा राख्नेछौँ ।’’ उनले भने, ‘‘निजी क्षेत्रसँग सहकार्य गरी विकास निर्माणलाई प्राथमिकता दिइने गरी सरकार अघि बढ्नेछ ।’’ युवाहरुलाई लक्षित गरी बजेट विनियोजना गरिने मन्त्री ज्वालाको भनाइ थियो । युवा लक्षित रोजगार कार्यक्रमलाई लागू गर्ने उनको भनाइ छ ।

मन्त्री ज्वालाले आर्थिक वर्षको अन्त्यमा बजेट खर्च ४५ प्रतिशत पुग्ने बताए । मन्त्री ज्वालाले आगामी बजेटमा स्थानीय तहलाई केन्द्रविन्दु बनाउने बताए । उनले भने, ‘स्थानीय तहलाई केन्द्रविन्दु बनाउने योजना रहेको छ । स्थानीय तहसँग मिलेर सिँचाई, कृषि, शिक्षा, उद्योगलगायतको क्षेत्रमा लगानी गर्दै मिलेर जादै छौ ।’

कार्यक्रममा कर्णाली प्रदेश प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारले ४४ करोडभन्दा बढी रकम रकमान्तर गरेको भए पनि त्यसलाई भ्रष्टाचार भन्न नमिल्ने धारणा राखे । प्रदेश सरकारप्रति त्यति आलोचनात्मक नदेखिएका नेता शाहीले सरकारको दुई तिहाई दम्भलाई सामना गर्दै रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने संकेत गरे ।

कर्यक्रममा बोल्दै कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीले आफुहरु निति निर्माण गर्न निर्वा्चित भएको बताए । सांसद रेग्मीले युवाहरु विकासको लागि तत्पर हुनुपर्ने बताए । उनले २४ वटा निर्वाचन क्षेत्रमा एकएक वटा, ७९ वटा स्थानिय तहमा एकएक वटा राम्रा खालका योजना भए प्रदेशको विकास सम्भव हुने दावी गरे । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक दिपकसिंह रावतले सरकारले कार्यान्वयन गर्न सकिने बजेट ल्याउनुपर्ने सुझाब दिए ।

सरोकारवालाको निराशा

कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७५र०७६ मा विकास बजेट खर्च निराशाजनक रहेको छ । चालु आर्थिक वर्षमा कुल बजेटको १२ प्रतिशतको हाराहारीमा मात्र खर्च हुँदा प्रदेश सरकारप्रति युवाहरुले निराशा व्यक्त गरेका छन् । यहाँका नागरिकले सरकारप्रति निराशा व्यक्त गरे । कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला समक्ष नागरिकहरुले निराशा व्यक्त गरेका हुन् ।

कार्यक्रममा समाजसेवी तथा राजनितिज्ञ गेहेन्द्रप्रसाद दहालले सरकारले बजेट खर्ज गर्न नसक्नुले कर्णालीवासी निराश भएको बताए । उनले भने, ‘प्रदेश सरकारले बजेट खर्च गर्न नसक्दा कर्णालीको भविष्य अन्यौल तर्फ धकेलिएको छ । कानुन निर्माण, जनशक्ति अभावलगायतको वहानाले बजेट खर्च गर्न नसकेको बताउनु भ्रम हो ।’

यसैगरी कार्यक्रममा स्थानीय व्यवशायी भद्र भण्डारीले सरकारको पैसा बैङ्कमा थन्किदा निजिक्षेत्र मैत्री बजार नभएको धारणा व्यक्त गरे । उनले प्रदेश सरकारले आगामी बजेट र त्यसको कार्यान्वयन पक्ष निजि क्षेत्र मैत्री बनाउनुपर्ने बताए । भण्डारीले प्राइभेट पब्लिक पार्टनरसिपको रुपमा कर्णालीमा लगानीको वातावरण बनाउन अनुरोध गरे ।

स्थानीय व्यापारी लक्ष्मण कँडेलले प्रदेश सरकारलाई औद्योगिक क्षेत्र तोक्न अनुुरोध गरे । निजि क्षेत्रले वीरेन्द्रनगरमा उद्योग स्थापना गर्न चाहेँमा धेरै रकम जग्गा खरिदमा खर्च हुने उनले बताए । जसको कारण उद्योग स्थापनाको वातावरण नभएको उनले धारणा व्यक्त गरे ।

वहस कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, कर्णाली प्रदेश सभा पतिपक्ष दलका नेता जिवन बहादुर शाही, कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मी, मध्यपश्चिम विश्वविद्यालयका उप–प्रध्यापक दिपकसिँह रावत लगायतको सहभागिता रहेको थियो ।