२०८१, ६ जेष्ठ आईतवार

गुराँस गाउँपालिकाभर ३ वर्षभित्र विद्युत विस्तार भइसक्ने

दैलेख । दैलेखको गुराँस गाउँपालिकाले अगाडी बढाएको सामुदायिक ग्रामीण विद्युतिकरण साझेदारी कार्यक्रमलाई नेपाल विद्युत प्राधिकरण काठमाडौंले स्वीकृत गरेको छ । कार्यक्रम स्वीकृतसँगै आगामी ३ वर्षभित्र गाउँपालिकाभरका जनताको घर–घरमा विद्युत सेवा पुग्ने निश्चित भएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ देखि सञ्चालन हुने उक्त कार्यक्रमका लागि गाउँपालिकाको २ करोड १७ लाख (१० प्रतिशत) र प्राधिकरणको १९ करोड १६ लाख ७२ हजार ४ सय ५१ (९० प्रतिशत) सहित २१ करोड ३३ लाख ७२ हजार ४ सय ५१ रुपैयाँ बराबरको विद्युत विस्तारका लागि खर्च हुने भएको हो ।

ग्रामीण क्षेत्रमा मागअनुरुप विद्युत सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले नेपाल सरकारले सन् २००३ सालदेखि न ेपाल विद्युत प्राधिक र णमार्फत् सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत, नेपाल सरकारले कूल विद्युतीकरण लागतमा ९० प्रतिशत योगदान गर्दछ भने सामुदायिक ग्रामीण विद्युतीकरण संस्था वा निकायले बाँकी १० प्रतिशत योगदान गर्दछ । कार्यक्रम स्वीकृत हुनेमा गुराँस दैलेखको दोश्रो गाउँपालिका बनेको छ ।

अब अध्यारोमा बस्नुपर्दैनः अध्यक्ष ओली

कार्यक्रम स्वीकृत भए सँगै गाउँपालिका अध्यक्ष खेमराज ओलीले अब अध्याँरोमा बस्नुपर्ने बाध्यता हट्ने भन्दै अब झलमल्ल गुराँस हुने बताएका छन् । विद्युत सेवाबाट गाउँपालिका पछाडि रहेको भन्दै गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले यसको समाधानको लागि नेपाल विद्युत प्राधिकरणसँग साझेदारी गरिएको बताए ।

उनले यो कार्यक्रम सञ्चालनको लागि विगत एक वर्षदेखि पहल गरिएको बताउँदै कार्यक्रम स्वीकृत बनाउन सहया े ग गर्न े गाउँ कार्यपालिकाका सदस्य एवम् नेपाल विद्युत प्राधिकरणलाई धन्यवादसमेत दिए । गाउँपालिकाले वडा नम्बर ५ का अध्यक्ष सुरेन्द्र महताराको संयोजकत्वमा विद्युत विस्तार समितिसमेत बनाएको छ । नागरिकहरु खुसी कार्यक्रम स्वीकृतपछि स्थानीय खुसी भएका छन् ।

गाउँपालिकाभर विद्युत विस्तार हुने निश्चित भएपछि उनीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत् खुसी व्यक्त गरेका हुन् । वडा नम्बर ८ का श्यामसुन्दर खड्काले लामो प्रतिक्षापछि उज्यालोमा बस्न पाइने भन्दै गाउँपालिकालाई धन्यवाद दिएका छन् । पूर्ण केसी , प्रेम रामजाली , हेमशंकर ओली , तुलसी पुन लगायतले विद्युत विस्तार हुने भएको भन्दै सामाजिक सञ्जालमार्फत् खुसी व्यक्त गरेका छन् ।

गुराँस गाउँपालिका हुँदै जिल्ला सदरमुकामसम्म विद्युतीकरण भएको छ । तर, गाउँपालिकाका ९० प्रतिशत जनताले भने अहिलेसम्म विद्युत उपभोग गर्न पाएका छैनन् ।

सम्बन्धित समाचार