२०८१, २० बैशाख बिहीबार

जातीय भेदभाव भएको गुनासो : सन्तान र श्रीमती माइतीमै, श्रीमानमाथि आक्रमण

सुर्खेत । मुगुको सोरु गाउँपालिका वडा नं. ४ राहुलवाडाका रमेश दमाई यतिबेला तनावमा छन् । उनकी श्रीमती लक्ष्मी बस्नेत गएको तीन महिनादेखि दैलेखको नौमुले गाउँपालिका वडा नं. ७ पहितीमा बस्दै आएकी छिन् ।
दुई छोरा र एक छोरीसहित माइती भेट्न घर सल्लाहमा फागुन ३ गते गएकी थिइन् तर श्रीमती बस्नेतका माइतीले उनलाई सुर्खेत आउनै दिएनन् । ‘‘वीरेन्द्रनगर वडा नं. १० तीनकुनेमा कोठा भाडामा लिइ बस्दै आएको छु ।’’ रमेश भन्छन्, ‘‘छोराछोरी भर्ना गर्ने समय जान लाग्यो तर माइतीले नातीनातीनालाई गाउँमा बोलाए र अहिले यता आउन दिएनन् ।’’ उनी यसअघि दैलेख बजारमा नै ज्याला मजदूरी गरेर सपरिवार बस्दै आएका थिए । २०६३ फागुन १० गते भागी विवाह गरेका रमेश र लक्ष्मीको अन्त रजात ीय विवाहकै कारण अहिले घर भत्किन आँटेको छ । ‘‘बैशाख ६ गते श्रीमतीले मलाई ससुराली बोलाएकी थिइन् ।’’ उनले भने, ‘‘सोही साँझ ७ बजे ममाथि सांघातिक आक्रमण भयो ।


मलाई सासु सेतुकला बस्नेत र ससुरा कटक बस्नेतले गहुँ चुट्ने लाठीले पिट्नुभयो । मैले दिनभरी त्यहाँ गहुँ पनि चुटेको थिएँ, त्यही लाठी राती ममाथि प्रहार भयो । अनि म राती नौ बजे ज्यान जोगाउन दैलेख बजार आएँ ।’’ कसरी भयो विवाह भा रतको हिमाञ्चल प्रदेशको जुब्बलमा आमाबुबासँग लक्ष्मी बस्थिन् । रमेश मिस्त्री काम गर्थे सन्तान र श्रीमती माइतीमै, श्रीमान्माथि आक्रमण पालम्पुर बस्थे । उनको परिवार स्याउँ बगैंचामा काम गर्ने गरेका थिए । उनीहरुबीच तीन महिनामा मायाप्रेम बस्यो ।
दुवैको सहमतिमा भागे । ‘‘आधा–आधा बाटो ठ्योगसम्म म गए । उनी आइन भागिम् । तीन वर्ष अगाडी नै माइती आयौं ।’’ उनले थपे, ‘‘भारतमै हुर्केका र श्रीमतीले दैलेखमै बस्ने भनेकीले दैलेख काडाँचौर भाडामा बसे । ठेक्का पट्टा गरेर उनले श्रीमती पाले । मंसिरमा छोराछोरी गाउँ गए । माइतीले यहाँ त मेरी छोरी होइन भनेपछि श्रीमती पनि उतै छिन् । लाज मानेका भए पनि म सुर्खेत ल्याएर पाल्न सक्छु ।’’ ‘‘उतिबेला माइती पक्षले सहर्ष स्वीकारेका थिए । माइती पक्षलाई मैले बारम्बार नगद सहयोगसमेत गरेको थिएँ ।’’ उनले विगत सम्झँदै भने, ‘‘तर अहिले आएर दमाई भन्दै ममाथि आक्रमण भयो ।’’ घटना घटिसकेपछि उनी जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा उजुरी लिएर नगएका पनि होइनन् । ‘‘बैशाख १० गते प्रहरी कार्यालयमा जातीय विभेदमा मुद्दा, कुट पिट र ज्यान मार्ने प्रयाससम्बन्धी मुद्दा दर्ता गरेको थियो ।’’
उनी भन्छन्, ‘‘प्रहरीले उनीहरुलाई जिप्रकामा बोलाएर एकपक्षीय निर्णय गरेर उनीहरुलाई घर पठाइदियो । तर मैले दलित भएकै कारण न्याय पाएँन । के म दलित हुँदैमा मानव होइन र ? के मेरो अधिकार केही छैन ? न्याय पाउन अन्य जाति नै हुनुपर्छ त ीमती र बच्चा मैले साथमा राख्न पाउनुपर्छ ।’’ उनी भन्छन्, ‘‘तर श्रीमतीका बुवाआमाले मसँग गए छोरी नै जातीय भेदभाव भएको गुनासो नभन्ने भन्दै दबाबमा राखेका छन् । म माथि सांघातिक आक्रमण गर्नेलाई सरकारले कारवाही गरोस् । मैले न्याय पाउँ ।’’ यता, समस्या लिएर दलित समूहका अगुवाहरुसँग पनि उनी नगएका होइनन् तर त्यहाँ पनि उनले सहायता पाएनन् । ‘‘सुर्खेतका केही दलित अधिकारकर्मीसामु म गुहार माग्न गएको थिएँ ।’’ उनले भने, ‘‘सहायता गर्नुको साटो उनीहरुले मोबाइल नै स्वीच अफ गरे ।’’
उनका जेठो छोरी भूमिका १२ वर्ष पुग्दैछिन् । माइलो छोरा सागर ९ वर्ष पुगे भनेकान्छो छोरा आकाश ८ वर्षका पुगे । ‘‘तीन–तीन वटा बच्चा जन्माएँ, मेरो परिवार सुखी र खुशी थियो ।

काम गरेर नै परिवार पालिरहेको िथए ँ । ’ ’ उन ी भन्छन्, ‘ ‘त र जातीयताको कारण देखाउँदै बिहे गर ेक ा े लामा े समयपछि मलाई कुटियो, मेरो घर उजाड बनाइयो ।’’ उनले दलितमाथि समस्या पर्दा कोही पनि आफन्त तथा सहयोगी नपाएको बताए । ‘‘कसैले पनि मलाई सहयोग गरेन ।’’ उनी भन्छन्, ‘‘अन्त्यमा म तपाईहरुसँग आएको हुँ सहयोगको याचनासहित ।’’ यता, जिल्ला प्रहरी कार्यालयले गैर जिम्मेवार भूमिका देखाएको आरोप लगाए ।

टाउकोमा गहिरो चोट लागेको डाक्टरले प्रमाणित गरेको र संविधानले नै जातीय छुवाछुत गर्न ेलाई सरकारवादी मुद्दा बनाउने उल्लेख भएपनि प्रहरी भने मुद्दा मिलाउनतिर लागेको उनले गुनासो गरे । जिल्ला प्रहरी कार्यालय, दैलेखका डिएसपी ठाकुरप्रसाद पोखरेलले श्रीमान र श्रीमतीबीच सम्बन्धबिच्छेद गर्ने कुरा भएको जानकारी दिए । ‘‘घाउ जाँच केश फाराम पनि भर ेक ा े छ ।

उहाँहरुसँग कुराकानी पनि गराएको हो ।’’ उनले भने, ‘‘तर जाहेरी दरखास्त ल्याउन हामीले भनेका थियौं । उहाँले अहिलेसम्म ल्याउनु भएको छैन । त्यहाँ हुनुहुन्छ भने हामीकहाँ जाहेरी लेखेर ल्याउन भ न् िदन ुह ा े ल ा । अ ा व श् यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, दैलेख तयार छ ।’’