२०८१, १२ बैशाख बुधबार

घर फर्कने भए हजार बढी बाढी पीडित

सुर्खेत । कर्णाली प्रदेश सरकार मंगलबार सडकमा ओर्लिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल, भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा राजधानी वीरेन्द्रनगरमा ब्यानर समातेर ¥यालीमा सहभागी भएका हुन् ।


२०७१ सालका १ हजार ४५ घर बाढी पीडित जनताका लागि प्रदेश सरकारले आवास निर्माण गर्ने अभियानको शुभारम्भको रुपमा उक्त ¥यालीको आयोजना आन्तरिक मामिला तथा कानून मन्त्रालयले गरेको थियो ।
विपद् जोखिम सचेतना ¥याली तथा बाढी पीडित आवास निर्माण विशेष अभियान शुभारम्भ समारोहका लागि स्थानीय सरका र, सुरक्षा निकाय, बाढी पीडितलगायतले ¥यालीमा सहभागिता जनाएका थिए । अभियान समारोहको उद्घाटन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सरकारले पहिलो बैठकबाट नै बाढी पीडितको समस्या सबै कर्णालीवासीको समस्या भएको बताउँदै त्यसको समाधान गर्ने संकल्प गरिएको स्मरण गराए ।


प्रदेश सरकारले २०७१ सालका बाढी पीडित परिवारका लागि प्रतिपरिवार ३ लाख दिने भएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । मन्त्री ज्वालाले यो अभियानमा विभिन्न उपसमितिहरुको गठन भएको घोषणा गरेका थिए । आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले सरकारले सोचेजति पीडित परिवारका लागि काम गर्न नसकेको बताए । ‘‘बाढी पीडितको अवस्था कस्तो छ भनेर बुझ्न एक रात म पालमा बास बसेको थिएँ ।’’ उनले सम्झे, ‘‘पालमुनी ५ वर्ष बस्नुपर्दा उहाँहरुको जनजीवन अत्यन्तै कष्टपूर्ण रहेको मैले महसुस गरेको छु ।’’

प्रदेश सरकारले विभिन्न समितिहरु गठन गरेको बताउँदै यो बजेट स्थानीय सरकारसँग सम्झौता गरी वितरण गरिने जानकारी दिए । ‘‘हामीले मात्रै यो समस्या समाधान गर्न सक्दैनौँ ।’’ उनले भने, ‘‘स्थानीय तहसँग समन्वय गरेर तथा स्थानीय तहलाई नै बजेट दिएर चाँडोभन्दा चाँडो उहाँहरुलाई पालबाट घरमा ल्याउने प्रयास गर्नेछौंँ ।’’ प्रदेश सरकारको यो कदमले लामो समय त्रिपालमुनी बसेका सुर्खेतका बाढी पीडितहरुले प्रदेश सरकारले आशा र भरोसाको त्यान्द्रो जगाएको प्रतिक्रिया दिएका छन् । विगत पाँच वर्षदेखि पालमुनी बस्दै आएका उनीहरुमा नयाँ आशाको सञ्चार भएको बाढी पीडितले बताएका छन् ।
सरकारद्वारा घर निर्माण अभियानको शुभारम्भ गरेसँगै वर्षा लाग्नु पूर्व नै पालबाट घरमा सर्न पाएको भए आनन्द हुने पञ्चपुरी नगरपालिका १० तातापानीका कुलबहादुर शाहीले बताए । ‘‘हामीसँग भएको सबै जग्गा र घरपरिवार भेरी नदीले बगायो ।’’ उनी भन्छन्, ‘‘सरकारले जग्गा हुनेलाई तीन लाख र नहुनेलाई एकीकृत बस्तीमा बसाउने भन्न े खबरले हामीलाई आशावादी बनाएको छ । सरकारको यो कदमको जतिसुकै प्रशंसा गरेपनि कम हुन्छ ।’’ उनले सकेसम्म सरकारले असारभन्दा पहिले नै व्यवस्थापन गर्नुपर्ने बताए । ‘‘उहिले हामी घरमा कसरी बस्थ्यौँ भन्ने पनि करिब–करिब भुलिसकेका छौँ ।’’ शाही भन्छन्, ‘‘सरकारले असार लाग्नुभन्दा अगाडी नै हामीलाई घरमा राखिदेओस् । त्योभन्दा ठूलो सन्तुष्टि र खुशी हाम्रा लागि अरु केही छैन ।’’ वीरेन्द्रनगरको चिसापानीकी पूर्णकली दमाई सरकारको यो कामप्रति सरकार भएको महसुस भएको बताउँछिन् । ‘‘मेरो बाढीले घर लगेको थियो । जमिन लगेको थियो ।’’ उनले भनिन्, ‘‘ज्यालादारी गरेर भएपनि हामीले पुरानो जग्गामा घर बनाउन सुरु गरेका छौँ ।’’ सुर्खेतको छिन्चु, गिरीघाट, महिला विकास केन्द्र लगायतका स्थानमा १ हजार ४५ घरपरिवार बाढी पीडितहरु पाल टाँगेर बसेका छन् ।
गिरी बाढी पीडित सद्भाव दूत सुर्खेतमा आएको बाढीले ठूलो क्षति बनाएका बेला सुर्खेतका चर्चित कलाकार प्रेमदेव गिरीले ‘चरी लैजा समाचार’ भन्ने बोलको गीत गाएका थिए । प्रदेश सरकारले तिनै गिरीलाई बाढी पीडित सद्भावना दूतको रुपमा चयन गरेको हो । ‘‘प्रदेश सरकारले मलाई दूत नियुक्त गरेको छ ।’’ गायक गिरीले भने, ‘‘सरकाले दिएको म्याण्डेटअनुसार काम गर्नेछु ।’’ यसैबीच, प्रदेश सरकारले विभिन्न समितिहरुसमेत गठन गरेको छ ।