२०७८, २८ आश्विन बिहीबार

आर्मी र न्यू होराइजन विजयी

सुर्खेत । सुर्खेतमा जारी वाईवाई कर्णाली प्रिमियर लिगअन्तर्गत छैठौं दिनको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मध्यपश्चिम क्रिकेट क्लबलाई १ सय ७ रनले पराजित गरेको छ ।
समूह ‘ए’बाट ३ खेलमा २ जित दर्ता गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा समेत प्रवेश गरेको छ । सोही समूहबाट ३ खेलमा ३ जित दर्ता गर्दै कर्णाली ११ ले यसअघि नै सेमिफाइनलमा स्थान बनाएको थियो ।

समुह ‘ बी ’ बाट भने एपीएफ, न्यू होराइजन बुटवलको समान ४–४ अंक रहँदा बुधबार हुने खेलबाट सेमिफाइनलमा पुग्ने टोलीको निर्णय हुनेछ । दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई सहज जित दिलाउन राजेश पुलामीले उत्कृष्ट प्रदर्शन गरे ।


कालिञ्चोक मैदानमा मंगलबार टस जितेर ब्याटिङ्ग गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७८ आर्मी र न्यू होराइजन विजयी रन जोडेको थियो । उसको राजेश पुलामीले ५७ रन तथा हरिबहादुर चौहानले ५३ रन जोडेका थिए । राजेशले ३५ बलमा ५ चौका र ३ छक्कासहित ५७ रन जोड्दा हरिले ३७ बलमा ७ चौका र १ छक्का सहित ५३ रन जोडे ।


मध्यपश्चिमको बलिङ्गमा अमित तामाङ्गको नाममा २ विकेट रह्यो । जवाफमा १ सय ७९ रनको लक्ष्य पछ्याएको मध्यपश्चिम १६.४ ओभरमा ७१ रनमा समेटिन पुग्यो । उसका प्रनित थापा मगरले १९, तुलसीराम अहिमले १२ र मनोज सुनार र आकाश बिष्टले समान १०–१० रन जोड्नबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । आर्मीको बलिङ्गमा कुशल मल्लले सर्वाधिक ४ विकेट हात पारे । यस्तै, सुसन भारी र साहब आलमको नाममा समान २–२ विकेट रह्यो । खेलको प्लेयर अफ द म्याच राजेश पुलामी घोषित भए । यस्तै, दिनको पहिलो खेलमा शक्ति गौचन कप्तानीको न्यू होराइजन क्रिकेट केडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गरेको थियो ।
कालिञ्चोक मैदानमा मंगलबार बिहान सम्पन्न खेलमा टस जितेर ब्याटिङ्ग गरेको न्यू होराइजन क्रिकेट एकेडेमीले १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९२ रनको योगफल तयार गरेको थियो । हिमालयनको लागि दिपेन्द्र ऐरीले सर्वाधिक २५ रन बनाए ।
होराइजनका बलर अर्जुन रायमाझीले सर्वाधिक ३ विकेट तथा शक्ति गौचन र गोविन्द खत्रीले समान दुई–दुई विकेट लिए । ९३ रनको लक्ष्य न्यू होराइजनले १४ ओभरमा ५ विकेट गुमाएर भेटायो । निश्चल चौधरीले विस्फोटक इनिङ्ग खेल्दै २९ बलमा ४ छक्का र ३ चौका मद्धतले अविजित ५० रन बनाएपछि होराइजनले जित हाँसिल ग¥यो । सुरज दराईले ११, अर्जुन रायमाझीले १० तथा शक्ति गौचनले अविजित १० रन बनाए । लक्ष्य पछ्याउने क्रममा ३२ रनमै ५ विकेट गुमाएको होराइजनलाई निश्चल र शक्तिले ६६ रनको साझेदारी गर्दै जितसम्म पु¥याएका थिए ।

हिमालयन क्रिकेट एकेडेमीका बलर पवन कार्कीले ३ विकेट तथा हेमन्त धामीले २ विकेट लिए पनि जित हाँसिल गर्न पर्याप्त रहेन ।