२०८१, ७ बैशाख शुक्रबार

गोविन्द केसीको माग पूरा गर्न कांग्रेस नेताहरुको माग

श्रावण ४, २०७३- जारी कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले अनशनरत गोविन्द केसीको माग पूरा गराउन पार्टीले दबाव दिनुपर्ने धारणा राखेका छन् । जारी बैठकमा आज एक दर्जन नेताहरुले बोलेका थिए ।19072016014408Rss_Images_1468911868043_IMG_3992-1000x0

उनीहरुले यसअघि सुशील कोइराला नेतृत्वको सरकारले डा। केसीसँग सम्झौता गरेर अनशन तोडाएको भन्दै उनीहरुले अघिल्ला मागहरुको कार्यान्वयन गर्न र अहिलेका माग पूरा गर्न सरकारलाई दबाब दिनुपर्ने धारणा राखेका हुन् । आज बैठकमा सुजाता कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड, रामचन्द्र पौडेल, प्रदीप गिरी, गगन थापा, नारायण खड्का, मिनेन्द्र रिजालल, महेश आचार्यलगायत नेताहरुले बोलेका थिए ।


महाअभियोगको मागमा बोल्नु हुन्न : मिनेन्द्र रिजाल

आजको बैठकमा बोल्दै कांग्रेस नेता मिनेन्द्र रिजालले डा। केसीले उठाएको अन्य माग पूरा गर्न कांग्रेसले दबाब दिनुपर्ने धारणा राखे । उनले डा. केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई संसदले महाअभियोग लगाउनुपर्ने भनी माग राखेको बिषयमा भने कांग्रेसले बोल्न नहुंने धारणा राखे ।

‘भोलि कसैले राजा ल्याउनुपर्छ भनेर माग राख्दै अनशन बस्यो भने के गर्ने रु’, उनले भने ।

आफ्नै नेतृत्वमा सरकार स् सुजाता

बैठकमा बोल्दै कांग्रेस नेतृ सुजाता कोइरालाले माओवादीसँग मिलेर सरकार गठन गर्नु गलत भएको औंल्याइन् । उनले कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्ने धारणा राखेकी हुन् ।

२५ भन्दा बढी मन्त्रालय नबनाउन : कार्की

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको सरकारले गठबन्धन टिकाउन लागि मन्त्रालयहरु फुटाएर भागबण्डा गरेको भन्दै अब बन्ने सरकारले ति सबै मन्त्रालय जोड्नुपर्ने धारणा राखे । उनले अब बन्ने सरकारमा मन्त्रालयको संख्या २५ भन्दा बढी हुन नहुने धारणा राखे ।

पार्टीमा छलफल नगरी निर्णय भयो : पौडेल पक्षीय नेता
बैठकमा बोल्दै नेता रामचन्द्र पौडेल पक्षधरका नेताले भने सभापतिले पार्टीमा छलफल नगरी माओवादी केन्द्रको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् । पौडेलसहितका नेताहरुले पार्टीभित्र छलफल नगरी निर्णय लिइएकोमा आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्रीलाई भेटेको हुँ : सिटौंला
नेता कृष्णप्रसाद सिटौलाले आफूले हिजो राति प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भन्दै प्रधानमन्त्रीसंग भएका छलफलहरु पार्टी बैठकमा सुनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो राति नौ बजे नेता रामचन्द्र पौडेल र आज बिहान प्रकाशमान सिंहलाई पनि भेटेका छन् । दुवै नेताले बैठकमा प्रधानमन्त्रीसँगको भेटको बिषयमा केही बताएनन् ।

‘मैले सभापतिलाई जानकारी दिएरै प्रधानमन्त्रीलाई भेट्न गएको हुँ’, सिटौलाले भने,‘प्रधानमन्त्रीले कांग्रेस र एमाले मिलेर जानुपर्ने धारणा राखे ।’

सिटौलाले अहिले माओवादीसँग गठबन्धन गरेर सरकार बनाउन कांग्रेस अघि बढिसकेको जानकारी आफूले दिएको बताए । प्रधानमन्त्री ओलीले आफूसँगको भेटमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने धारणा राखेको पनि उनले सुनाए ।