स्वास्थ्य संस्थाका सेवाको गुणस्तरमा बृद्धि
सुर्खेत, साउन २७ । सुर्खेत जिल्लामा रहेका स्वास्थ्य संस्थाहरुले विगतका दिनहरुमा दिने सेवाको स्तरमा बृद्धि भएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय, सुर्खेतअन्तर्गत रहेर जिल्लाका स्वास्थ्य चौकीहरुमा गरिएको सामाजिक परीक्षणबाट सेवाको गुणस्तरमा बृद्धि भएको पाइएको हो ।
असल शासन क्लब जिल्ला समन्वय समिति, सुर्खेतले जिल्लाका ३६ वटा पुराना र १० वटा नयाँ स्वास्थ्य चौकी गरी ४६ वटा स्वास्थ्य संस्थाहरुमा सामाजिक परीक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।
बुधबार वीरेन्द्रनगरमा आयोजना गरीएको सामाजिक परीक्षणसम्बन्धी कार्यशाला समिक्षा कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दे क्लबका अध्यक्ष हरि अधिकारीले विगतका तुलनामा स्वास्थ्य संस्थाहरुमा संस्थाको सरसफाइदेखि लिएर संस्थाको लेखापरीक्षण सम्मका कुराहरु परिवर्तन गर्ने बताए ।
यसैगरी, सामाजिक परीक्षणको क्रममा स्वास्थ्य संस्थाहरुमा कर्मचारीहरुको नियमित उपस्थित नपाइएको भन्दै आउँदा दिनहरुमा कमिकमजोरीलाई सुधार्दै लैजानुपर्ने बताएका छन् ।