२०८१, ६ जेष्ठ आईतवार

फोन सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा

रुकुम, चैत्र ३० । रुकुममा गत शुक्रबारदेखी नमस्ते मोबाइल, ल्याण्ड लाइन तथा एडिसियल इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । शुक्रबार परेको चट्यांगका कारण रोल्पाको रातामाटामा रहेको नेपाल टेलिकमको टावरमा क्षति पुगेपछि एनसियल बाहेकका सबै किसिमको फोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो ।

फोन र इन्टरनेट सेवा अवरुद्ध भएपछि रुकुम, सल्यान, जाजरकोट तथा रोल्पाका स्थानीयलाई समस्या भएको छ । चट्यांगका कारण क्षति भएको सो रातामाटाको टावर मर्मतका लागी काम सुरु भइसकेको टेलिकमले जनाएको छ । सेवा सुचारु कहिले देखी हुन्छ भन्ने अझै टुंगो नलागेको बताइएको छ ।

सम्बन्धित समाचार