२०८१, ३० आश्विन बुधबार

यातायात व्यवसायीको बन्दको मारमा यात्रु छिन्चुबाट जाजरकोट जान तीन हजार भाडा

old-bus-park
      तस्विर ः गुगोलबाट

सुर्खेत, साउन २१ ।
जाजरकोटको खगेनकोट गाविस वडा नम्बर ५ का बखत केसी केही दिनदेखि कामको सिलसिलामा सुर्खेत मै थिए । यही साउन १९ गते उनी घर पुग्नुपर्ने थियो । करारमा शिक्षक पेसामा रहेका उनी विद्यालय नगइनहुने बाध्यता थियो । तर १९ गते नै छिन्चु–जाजरकोट सडकमा यातायात बन्द भयो । नयाँ भाडादरको विपक्षमा रहेका यातायात व्यबसायीको जाजरकोटमा यातायात बन्द गरिदिए ।

तर खत्रीलाई १९ गते विहानसम्म यातायातका साधनहरु बन्द भएको थाहा भएन । १९ गते नै खत्री एक जना साथीसहित वीरेन्द्रनगरबाट छिन्चु पुगे । बस आउने आशामा उनी १९ गते दिनभर छिन्चुमै बसेपनि बस नआएपछि साँझ पुनः वीरेन्द्रनगरमै फर्किए ।

गाउँमा विद्यालयमा आपत्कालिन समस्या आइपरेकाले जसरी पनि उनलाई २३ गतेसम्म गाउँ पुग्नै पर्ने थियो । तसर्थ उनी २१ गते पुनः वीरेन्द्रनगरबाट छिन्चु पुगे । शुक्रबार पनि उनीहरुले १९ गतेको जस्तै गाडि पर्खिएर बसे । सार्वजनिक बस आएन । बस पर्खिएर बसिरहेका बेला छिन्चुबाट सल्लिबजार जाने सानो गाडि पाईयो ।

उनीहरुले आफूहरुलाई पु¥याईदिन आग्रह गरे सुरुमा ड्राईभरले मानेनन् । पछि सल्लिबजारसम्मका लागि मात्रै एक हजार पाँच सय रुपैयाँ भाडा दिने सहमतिमा उनीहरु सल्लिबजार पुगे । छिन्चुबाट सल्लिबजार जान जम्मा एक घण्टा लाग्छ तर उनीहरुले एक हजार पाँच सय भाडा तिर्न बाध्य भए ।
जाजरकोट जान हिडेका उनीहरु सल्लिबजार पुगेपछि, खलङगाबाटै मोटरसाइकल पठाइदिन भने ।

मोटरसाइकलवालालाई पनि एक हजार पाँच सय रुपैयाँ दिएर साँझ मात्रै खत्री र उनका साथी जाजरकोटको खलङगा पुगे । उनीहरुको छिन्चु–सल्लिबजार–जाजरकोटको जम्मा भाडा तीन हजार पुग्यो । यातायात व्यवसायिहरुले यातायातका साधनहरु बन्द गरेका कारण आफूहरु ठुलो मर्कामा परेको खत्रीले बताए ।

‘‘यस्तो समस्या भयो, तीन दिनपछि खलङगा आइपुगियो,’ उनले भने–‘छिन्चुबाट सल्लिबाजारका लागि १५ सय भाडा ति¥यौ, सल्लिबजारबाट मोटरसाइकल मगाएर आयौं, मोटरसाइकलको पनि १५ सय दियौं ।’’ खत्रीले आफूहरुलाई त यति समस्या भएको भन्दै अन्य बिरामी र जेष्ट नागरिकहरु अझ धेरै मारमा परेको बताए ।

गत साउन ४ गते यातायात व्यवस्था बिभागले गरेको नयाँ भाडादरको बिषयलाई लिएर यातायात व्यबासायीहरु आन्दोलनमा उत्रिएका हुन । उनीहरुले नयाँ भाडदरले व्यवसायी मर्कामा परेको बताएका छन । नयाँ भाडादर अनुसार प्रति किलोमीटर २.५० पैसा निर्धारण गरिएको छ । नयाँ भाडादर अनुसार जाजरकोटदेखि सल्लिबजार ६२ किलोमिटर एक सय ८६, जाजरकोटदेखि नेपालगन्ज एक सय ८८ किलोमिटरमा ४ सय ६४ र जाजरकोटदेखि काठमाडौं ६ सय ८५ किलोमिटरमा एक हजार तीन ६६ रुपैयाँ कायम गरिएको छ ।

यसअघि व्यवसायीले जाजरकोट देखि नेपालगन्ज ९०० देखि १००० सम्म र जाजरकोटदेखि काठमाडौं १८०० देखि २५०० सम्म भाडा लिने गरेका थिए । अहिलेको भाडा दर बैज्ञानिक नभएको भन्दै आन्दोलन गरिएको यातायात व्यबसायीहरुको भनाई छ ।

गाडीहरूको तेल खर्च, ड्राइभर भत्ता नै नउठने व्यवसायीहरुको भनाइ छ । राज्यले सबैको तलब भत्ता बढाएसगै अहिलेको महङ्गकिो कारण आफुहरुले गाडी चलाउन नसक्ने र यातायात व्यवस्था बिभागले भाडादर समायोजन नगरुन्जेल यातायात सन्चालन नहुने व्यवसायीको भनाई छ ।