२०८१, १८ बैशाख मंगलवार

ऊर्जामन्त्रीले भने-अब देशभर लोडसेडिङकाे अन्त्य

prabhakar-358x300सन्धीखर्क ।ऊर्जामन्त्री जर्नादश शर्मा ‘प्रभाकर’ले देशभर लोडसेडिङको अन्त्य गर्ने तयारीमा भइरहेको बताएका छन् ।बिहीबार अर्घाखाँची महोत्सवको सन्धीखर्कमा उद्घाटन गर्दै ऊर्जामन्त्री प्रभाकरले ‘अब देशभर नै लोडसेडिङ अन्त्य गर्ने तयारीमा ऊर्जामन्त्रालय लागिरहेको छ । थप उत्पादन र वितरणको कामलाई पनि सँगसँगै लगिने छ’ भने ।

कार्यक्रममा बोल्दै मन्त्री प्रभाकरले अर्घाखाँचीको सिमानामा रहेको नौमुरे परियोजना छिट्टै सञ्चालन हुनेगरी काम भईरहेको जानकारी समेत दिँदै पश्चिम सेती, नरसिङगाढ, शारदा, उत्तरगंगा, अरुण तमोर, बुढिगण्डकीलगायतका जलविद्युत परियोजना अगाडि बढेको बताए ।

एक अर्को प्रसंगमा बोल्दै मन्त्री प्रभाकरले संशोधन विधेयकलाई व्यवस्थापिका संसदमा मतदानको प्रकृयाबाट टुंगो लगाई चाँडै निर्वाचनको मिति तोक्न एमालेसँग सहमति भएको बताए । ‘सरकार सबै दलहरुबीच एउटा सहमति बनाएर अगाडि बढेको छ र अहिलेको अलमल चाँडै हट्छ’ उनले भने ।

Source  onlinedabali.com