मधुमेहबाट दृष्टि कसरी बचाउने ?
विश्वका धेरै मध्यम विकसित मुलुकहरूजस्तै नेपालमा पनि मधुमेहरोगीहरू बढ्दै गएका छन् । अहिले विश्वमै दुईजना मधुमेहका रोगीमध्ये एकजनालाई आफ्नो रोगबारे जानकारी भएको पाइँदैन । यो रोगको संक्रमणसँगै शरीरका विभिन्न अंगमा निम्तिने जटिलतामध्ये आँखामा हुने समस्या प्रमुख हो ।
मधुमेहरोगीहरूलाई अन्य व्यक्तिको तुलनामा आँखाको समस्या धेरै हुन्छ । रगतमा चिनीको मात्रा बढी हुँदा आँखा धमिलो हुने, लगाएको चस्माले काम नदिने हुन्छ । त्यस्तै, रगतमा चिनीको मात्रा नियन्त्रण हुँदा भने पुनः दृष्टि सामान्य हुन्छ । अन्य व्यक्तिमा पनि हुने तर मधुमेहबाट प्रभावित व्यक्तिहरूलाई बढी देखिने समस्यामा आँखामा तारन्तार आनो आउने, मोतीबिन्दु छिटो देखा पर्ने, जलबिन्दु र आँखाको स्नायु नसासम्बन्धी रोगहरू देखिन सक्छन् ।
अन्धोपनको कारण डाइबेटिक रेटिनोपेथी
मधुमेहका बिरामीमा मात्र देखिने आँखाको पर्दामा हुने असरलाई डाइबेटिक रेटिनोपेथी ९म्ष्बदभतष्अ च्भतष्लयउबतजथ० भनिन्छ । शरीरका अन्य अंगमा जस्तै आँखाको पर्दामा असर गरी पर्दामा रक्तश्राव हुने, सुन्निने र नया“ कमजोर रक्तनसाको विकास हुने गर्छ । यसको समयमै उपचार नहुँदा पर्दाको दृष्टिकेन्द्रमा लामो समयसम्म सुजन दाग देखापर्छ । यस्तो अवस्थामा उपचारपछि पनि पुनः राम्रो दृष्टि फर्काउन सकिँदैन । नया“ कमजोर रक्तनसाहरू विकसित भएमा समयमै पहिचान गरी लेजर उपचार गर्नुपर्छ । अन्यथा, आँखाभित्र अत्यधिक रक्तश्राव हुने, पर्दा खुम्चँदै जाने र अन्त्यमा आँखाको चाप बढ्ने ९जलबिन्दु० हुन गई दृष्टि गुम्न पनि सक्छ ।
महŒवपूर्ण कुरा के छ भने आँखाको पर्दामा धेरै क्षति भइसक्दा पनि बिरामीको आँखाको बाहिरी भागमा भने कुनै पनि लक्षण देखिँदैन । आ“खामा देखिने लक्षणहरूमा आँखाअगाडि धेरै कालो छाया देखिने, सीधा वस्तु बांगो देखिने र दृष्टि बिस्तारै अथवा एक्कासि कम हुने हुन्छ । यदि दुईमध्ये एउटा अँ“खामा असर बढी छ भने पालैपालो छोपेर नहेरेमा एउटा आँखामा दृष्टि निकै कमजोर हुँदासम्म पनि थाहा नहुन सक्छ ।
आ“खाको पर्दामा एकपटक असर भइसकेपछि पुनः पहिलेको अवस्थामा ल्याउन सकिँदैन । मधुमेहका बिरामीमा हुने अन्धोपनको प्रमुख कारण डाइबेटिक रेटिनोपेथी हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका करिब ५५ प्रतिशत अन्धोपन यही डाइबेटिक रेटिनोपेथीको कारणले हुन्छ । त्यसमा पनि मधुमेहबाट हुने गरेको अन्धोपनमध्ये करिब ८० प्रतिशत अन्धोपना हाम्रोजस्तो अल्पविकसित देशमा हुन्छ । मधुमेहबाट अन्धोपन काम गर्ने उमेर समूहका व्यक्तिलाई बढी हुने कारण यसले समग्र राष्ट्रलाई नै नकारात्मक असर पार्छ ।
डाइबेटिक रेटिनोपेथीको उपचार
समयमै आँखाको पर्दाको असर पत्ता लगाई उपचार गर्न सकेको खण्डमा मधुमेहबाट हुने अन्धोपनाबाट धेरै हदसम्म जागाउन सकिन्छ । आँखाको पर्दामा सुजन र नयाँ रक्तनसा विकास भएको अवस्थामा तुरुन्त लेजर उपचार गर्नुपर्ने हुन्छ । विशेष किसिमको प्रकाशले आँखाको पर्दामा सेकाएर गरिने यो उपचार सजिलो र सस्तो विधि हो । यसले रोगलाई बढ्न नदिई दृष्टि बचाउन धेरै सहयोग गर्दछ ।
दृष्टिकेन्द्रमा निकै सुजन भएको अवस्थामा आँखाभित्र विशेष खाले औषधि सुईका माध्यमबाट दिनुपर्छ । आँखाभित्र अत्यधिक रक्तश्राव लामो समयसम्म रहेमा या पर्दा खुम्चँदै गएमा शल्यक्रिया गर्नुपर्छ । समयमै मधुमेहरोगको पहिचान, आँखाको असरको पहिचान र आवश्यकताअनुसार उपचार गर्न सकेमा मधुमेहबाट हुने अन्धोपनालाई नियन्त्रण गर्न सकिन्छ ।
डाइबेटिक रेटिनोपेथीको जोखिम वर्ग
रगतमा चिनीको मात्रा नियन्त्रणमा नहुने व्यक्तिहरू, मधुमेह रोगका साथमा उच्च रक्तचाप, रगतमा चिल्लो पदार्थको अधिकता, रक्तअल्पता, गर्भावस्था, धुम्रपान र मिर्गौलामा असर देखिएका व्यक्तिलाई डाइबेटिक रेटिनोपेथी बढी हुने गर्दछ ।
यसको समयमै पहिचान गर्न मधुमेहरोग पत्ता लाग्नासाथ वर्षमा एकपटक आँखा परीक्षण गराउनुपर्छ । आँखामा असर देखिएमा नेत्र चिकित्सकको सल्लाहअनुसार नियमित आँखा परीक्षण गराउनुपर्छ ।