फल काट्ने सही तरिका
बजारबाट महँगो मूल्यमा किनेर ल्याएको फलफूल सही तरिकाले काट्न नजान्दा त्यसको सही उपयोग गर्न सकिँदैन । केही फल काट्दा खानुपर्ने भागजति मन नहुँदानहुँदै पनि फाल्नुपर्ने हुन्छ ।
केही फललाई यस्तो तरिकाले काट्न सकिएमा फलको सही सदुपयोग गर्न सकिन्छः सुन्तलारजुनारको माथि र तलको भाग चक्कुले काट्ने । त्यसपछि बाँकी रहेको गोलो भागलाई चक्कुले लम्बाइमा चिरा बनाउने । त्यसपछि दुई हातले बोक्रा निकाल्ने । अनारलाई बीचको भागमा दुई टुक्रा हुने गरी काट्ने ।
त्यसपछि आधा भागलाई कुनै भाँडामा घोप्टो पारेर राख्ने । पछाडिको भागबाट चम्चाले बिस्तारै हिर्काउँदै जाने । यसरी हिर्काउँदा अनारको दाना एक–एक गरेर भाँडामा झर्छ । सहज तरिकाले अनार छोडाउन सकिन्छ । भुइँकटहरको पनि माथिल्लो र तल्लो भाग चक्कुले काट्ने ।
त्यसैगरी एक–एक गरेर चारैतिरको बोक्रा पनि काटेर निकाल्ने । त्यसपछि बाँकी रहेको गुदीलाई मनलागेअनुसारका आकारमा काट्न सकिन्छ । आपलाई सधैँ तीन भागमा काट्नुपर्छ ।
त्यसपछि हरेक भागलाई भित्रतिरबाट चक्कुले चेक बनाएर काट्ने । त्यसपछि चक्कुले आँपको बोक्रा रहेको भाग काटिदिने । अब आँपका टुक्रा मात्र बाँकी रहन्छ ।
नयाँ पत्रिकाबाट