२०८१, २३ माघ बुधबार

हुम्ला जिल्ला अस्पताल नै गौचर बन्दै

1नरजन तामाङ ।
हुम्ला कात्तिक २० ।
यहाँको एक मात्र अस्पताल हुम्ला जिल्ला अस्पताल नै गौचर बन्दै गएको छ । अस्पताल प्रशासनले अस्पतालको हाता वरिपरि घेरवार गर्न नसक्दा अस्पताल क्षेत्र अहिले गाईवस्तुको चरण क्षेत्र बन्दै गएको हो ।

जिल्ला अस्पताल देख्दा सुन्दर र शान्त भएपनि फोहोरले गर्दा दुर्गन्धित समेत बनेको छ । अस्पतालको हातामा उपचार गर्न आउने बिरामी भन्दा गाईवस्तुको संख्या बढी देखिने गरेको छ ।

सुरुमा जिल्ला अस्पतालमा एमबिबिएस डाक्टर हुम्ला पुग्दा नागरिकहरुमा खुसीका आशा पलाएका थिए तर अहिले अस्पतालको अवस्था देख्दा बाटोमा हिड्ने नागरिकहरुले अस्पतालमा उपचार गराउन जाँदा झन बिरामी भइन्छ की भन्ने चिन्ता गर्न थालेका छन ।

अस्पतालको कोठाहरुमा फोहोरै फोहोर छ । फोहोर जलाउने र विर्सजन गर्ने काममा भने अस्पतालका कर्मचारीहरुले चासो भने दिएका छैन ।

प्रशासनमा सुझाव दिदा प्रशासनले धम्काउन गरेको नागरिकको गुनाशो छ । यस्तै सदरमुखकाम सिमकोटबाट झण्डै ४५ कोष टाढा रहेको रोडिकोट गाविसमा चार÷पाँच महिनाको १ पटक बालबालिकालाई लगाउनु पर्ने खोप र सामान्य सिटामोल लिने स्वस्थ्य चौकी जाँदा जिल्ला अस्पतालबाट औषधी नआएको भन्दै स्वास्थ्यमा कार्यरत कर्मचारीले फिर्ता पठाउने गरेका छन ।

किन अहिलेसम्म खोप गासिवसमा नआएको भनि जिल्ला अस्पताल हुम्लामा फोन गर्दा अस्पतालको फोन पनि नउठाउने गरेको रोडिकोट गाविसका स्थानीय सुनाम ऐडीले गुनासो गरे ।

सूचना संकलनमा जाँदा अस्पतालको कर्मचारी कल रावतले किन समाचार लेख्ने भन्दै धम्किपूर्ण व्यवहार गरेको संचारकर्मी दाने बोहोराले बताए ।

दशै–तिहार यता त जिल्ला अस्पतालमा न्यून कर्मचारीको उपस्थिती भएको हुँदा थप समस्या आएको छ । लामो समयदेखि अस्पतालका प्रमुख र सुपरभाइजरको समेत उपस्थित हुन सकेको छैन ।